अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल

नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १६:१२:२२

१२ मंसिर, चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएका छन्। आज यहाँ आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा उनले अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राखे।
अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसले अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बन्दै जाने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र रहेको भन्दै उनले यसलाई अनुभूतिमा परिवर्तन गर्न आजको स्वास्थ्य परिस्थितिलाई बदल्न जरुरी रहेको बताए ।
मन्त्री पौडेलले भने, “स्वास्थ्य क्षेत्रमा केही नभएको होइन, आवश्यकताअनुसार नभएको मात्रै हो । यसलाई सुधार गर्दै जानु जरुरी छ ।” जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको बताउँदै संविधानले व्यवस्था गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गराउन स्रोतको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए ।
सीमित साधन, स्रोतभित्र अधिकतम काम गर्नुपर्ने आजको स्थिति रहेको रहेको मन्त्री पौडेलको भनाइ थियो । उनले भने, “सीमित स्रोत, साधन र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ ।”
मन्त्री पौडेलले १४ वर्षमुनिका बालकालिकाको क्यान्सरको उपचार पाँचवटा अस्पतालमा निःशुल्क हुने व्यवस्था गरेको बताउँदै अन्य उपचारमा पनि राज्यलाई दायित्व नबढ्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको जानकाररी दिए। जलन उपचारका लागि यस वर्ष नेपालका आठवटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गरिएको उनले उल्लेख गरे ।
विसं २००८ मंसिर १२ गते हालको इच्छाकामना गाउँपालिका–२ विप्राङमा जन्मिनुभएका कांग्रेसका पुराना नेता श्रेष्ठको १२औँ स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । २५ वर्ष जनप्रतिनिधि भएर काम गरेका श्रेष्ठले विसं २०३५ मा बनेको शक्तिखोर गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो । सामाजिक क्षेत्रमा योगदान दिनुभएका श्रेष्ठले स्थानीय स्वास्थ्य चौकीलाई १० कट्ठा जमिन दान गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली कांग्रेस चितवनका पूर्वसभापति शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कुमार कार्की, नेपाली कांग्रेसका पूर्ववडा सभापति लीलाबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठलगायत व्यक्ताले बलबहादुरले राजनीतिक तथा सामाजिक रूपमा खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए।
नेपाली कांग्रेस कालिका नगरपालिका–९ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सभापति कुमलाल श्रेष्ठ गरेका थिए। कार्यक्रममा कांग्रेसका केन्द्र, प्रदेश र स्थानीय नेता, स्थानीय जनसमुदायको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’
फागुन ८, २०८१ बिहिबार
पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार