अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा

नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार ११:४५:४४

१३ मंसिर, काठमाडौं । एकै व्यक्तिको खातामा ५५ करोड रुपैयाँको कारोबारमा ७५ वटा बैंक खाता छन भन्दा कसैले नपत्याउलान । कुनै उद्योगपतिको पनि यति धेरै बैंक खाता र व्यक्तिगत रुपमा यति धेरै कारोबार हुन मुस्किल पर्छ । तर अनलाइन जुवा तथा सट्टेबाजीको कारोबार गरेको देखिएपछि एक युवक यति धेरै बैंक खाताको विवरणसहित पक्राउ परेका छन् ।
पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनील राईको भने सानै उमेरमा यति धेरै बैंक खाता र कारोबार गरेको फेला परेपछि प्रहरीको फन्दामा परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेपछि ५५ करोडको कारोबार भएको खुलेको हो । बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।
उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इ–सेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए । उनको मोबाइलमा बाइनान्स एपसमेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । राईले २५ वटा भन्दा बढी जिमेल आइडी खोली वान एक्स वेटमा प्रयोग गर्नुका साथै विभिन्न स्थानमा कोठा लिएर हुलिया परिवर्तन गर्दै बेटिङ खेल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार राइको साथबाट विभिन्न कम्पनीका २ वटा ल्यापटप, मोबाइल सेट ८, एनसेलको सीम कार्ड ८०, एनटीसी सीम कार्ड ५, वाइफाई राउटर २ थान, विभिन्न व्यक्तिका नागरिकता ११ वटा, राहदानी १५ वटा, विभिन्न व्यक्तिको नाममा रहेका बैंक खाताका चेकबुक २२ थान, ४२ वटा एटीएम कार्ड र एउटा मोटरसाइकल बरामद गरेको छ ।
उनीमाथि प्रहरीले मुलुकी अपराध संहित २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र दफा २६२ (क) १ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार