उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार ११:२३:३३
१३ मंसिर, काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नपाएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुको घरको लाइन काट्न विद्युत नियमन आयोगसँग अनुमति मागेका छन् । उद्योग सञ्चालकहरूको घरको लाइन काट्ने योजना बनाएर घिसिङ आयोगसँग अनुमति मागेका हुन् ।
घिसिङले बुधबार बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरको बिजुली काट्ने सहमतिका लागि विद्युत नियमन आयोगलाई पत्र पठाएको छन् । वैकल्पिक उपाए अपनाएर, दवाव दिएर बक्यौता उठाउन नियमन आयोगबाट सहमति लिन चाहेको उनको भनाइ छ । उनी जसरी पनि बक्यौता उठाएर छाड्ने तयारीमा छन् ।
प्राधिकरणले नियमन आयोगलाई लेखेको पत्रमा ‘नेपाल विद्युत वितरण नियमावली,२०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) मा भएको व्यवस्था बमोजिम बक्यौता असुल उपर गर्ने दायित्व बोकेको प्राधिकरणले बक्यौता महसुल रहेका सम्बन्धित उपभोक्ता (संस्था÷कम्पनी) का सञ्चालकहरूको आवासमा समेत लाइन काटी असुल उपर गर्नुपर्ने’ भनिएको छ ।
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा लाइन काट्ने बाहेकको वैकल्पिक उपाय अपनाएर बक्यौता उठाउन निर्देशन दिएको थियो । अहिले बक्यौता रहेका उद्योगका सञ्चालकको विवरण संकलन गरिँदैछ । यसअघि मन्त्रिपरिषदले १५ दिनभित्र टीओडी मिटरको बिल अनुसार बक्यौता उठाउन निर्देशन दिएको थियो । जसको समय हिजो बुधबार नै सकिएको छ । त्यसअघि आयोगले उद्योगहरूमा लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिको बैठक बसेर उद्योगमा लाइन नकाट्ने निर्णय गरेको थियो ।
प्राधिकरणले ३४ उद्योगको खाता रोक्का गर्न अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई बुधबार नै पत्र लेखेको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेको भन्दै ३४ उद्योगको खाता रोक्का गर्न आग्रहसहित राष्ट्र बैंकमा पत्राचार गरेको हो । शेयर कारोबार रोक्का गर्न पनि घिसिङले पत्र पठाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार