एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १३:३५:३१
१३ मंसिर, बुटवल । उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका स्थानीयले नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई नियन्त्रणमा लिएका छन् । बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू चढेका थिए । वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको स्थानीय रबी ठाकुरले जानकारी दिए ।
सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए । गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार
पालिकाको आयोजनामा बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु
पुष १७, २०८१ बुधबार
पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार