जबरर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु भन्दै हनी ट्रयापमा पारेर १८ लाखसम्म वार्गेनिङ, तीन जना पक्राउ
रासस
मंसिर १३, २०८१ बिहिबार १४:३:२४
१३ मंसिर, काठमाडौं । फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा पारेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । उनीहरुले फार्मेसी सञ्चालकलाई जबरर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु भन्दै १८ लाख माग गरेका थिए ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी तथा काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २६ वर्षीय वर्षा दर्जी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
आपाराधिक लाभ लिने उद्देश्यले योजना बनाइ मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई निज वर्षा दर्जीले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी आफु एक्लै भएको अवस्थामा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु भनि डर त्रास देखाई रु १८ लाखबाट बार्गेनिङ गर्दै रु आठ लाख दिए कुरा मिल्छ भनि रकम असुली गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको आचार्यले बताए ।
दर्जीले समाजिक सञ्जाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङका लागि आइदिनु पर्र्यो भनि पीडित व्यक्तिलाई म्यासेज गरेको र दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको तथा निज दर्जीले आफ्नो ढोकाको चुकुल लगाइ पीडितलाई कोठामा राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यसैगरी पीडितले ढोकाको चुकुल खोली बाहिर निस्किँदै गर्दा समृद्धि मगर भन्ने अर्को एक महिला आई पीडितसँग कुरा गर्नु छ भनि कोठाभित्र लगि जबरर्जस्ती करणी मुद्दामा फसाइ दिउँ वा सहमतिमा आउनु हुन्छ भन्दै घम्की दिएको प्रहरीको भनाइ छ । १८ लाखदेखि रकमको माग गरी रु आठ लाख दिने शर्तमा कुरा मिलाइएको थियो ।
भक्तपुरको मध्यपुर ठिमी–३ कौशलटारमा रहेको वेभ सेकुवामा यही मंसिर ११ गते बिहान रु २५ हजार नगदसहित दिपेन्द्र दर्जी र समृद्धि मगरले लिएको र समृद्धिले दिएको सिदार्थ बैंकको क्युआर खातामा रु २५ हजार थप जम्मा गरेको तथा सोही स्थानमा रु ७५ हजारको चेक लिएको तथा एक जना व्यक्ति हाल फरार रहेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताए ।
पक्राउ परेकाहरुको साथबाट एनआइसि एसिया बैंकको वर्षाको नाममा काटी दिएको रु ७५ हजारको चेक एक थान, नगद रु एक हजारको एक थान र रु ५०० का ३९ थान गरी जम्मा रु २० हजार पाँच सय, विभिन्न कम्पनीका मोबाइल चार थान बरामद गरिएको तथा निज दिपेन्द्र दर्जी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मा विसं २०७१ मा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको व्यक्ति रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपछोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार