रातमा कुकुर रुनुको अर्थ के हो ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १५:३७:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/dogs-cry-at-night-meaning_HMvrwE7VTd_V5QYAZcp1o.jpg)
१३ मंसिर, काठमाडौं । हाम्रो हिन्दू शास्त्रमा हरेक कुराको शुभ र अशुभ अर्थ रहेको छ । यी मध्ये एउटा कुकुरको रुनु पनि एक हाे । हिन्दू मान्यता अनुसार घरको वरिपरि कुकुर रोयो भने त्यसको अर्थ केही अशुभ हुन लागेको हो भन्ने बुझिन्छ ।
यति मात्र होइन, घरको अगाडि कुकुर रोयो भने त्यसको अर्थ त्यो घरमा ठूलो विपत्ति आउन लागेको छ । यस्तो अवस्थामा कुकुर रुनुको कारण जान्न जरुरी छ ।
ज्योतिषशास्त्रका अनुसार यदि कुकुर राती रुन्छ भने यसको अर्थ उसले आफ्नो वरिपरि पितृ वा आत्माहरू देखिरहेको हुन्छ। उनीहरुलाई देखेर कुकुरहरु एक्कासी रुन थाल्छन् । कुकुरको हेर्ने र सोच्ने शक्ति मानिसको भन्दा धेरै तेज हुने विश्वास गरिन्छ । यस्तो अवस्थामा उनीहरुले नकारात्मक कुरा पनि चाँडै पत्ता लगाउँछन् ।
हिन्दु धर्ममा कुकुर रोएको बारे विभिन्न कुराहरु भनिएको छ । अक्सर कुकुरको रुनु अशुभ मानिन्छ। कुकुर रुनुले कुनै अप्रिय घटनाको संकेत गर्दछ। जसको घर अगाडि कुकुर रोएको छ उसको घरमा कुनै अशुभ समाचार प्राप्त हुने जनविश्वास रहेको छ ।
ज्योतिष शास्त्रका अनुसार राति कुकुर रुनुको अर्थ उसले आफ्नो वरिपरि पितृ वा आत्माहरू देखेको हो भन्ने बुझिन्छ। वैज्ञानिक रूपमा, कुकुरहरू आफ्नो सन्देश प्राप्त गर्न रुन्छ। कुकुरहरू समस्या पर्दा वा चोट लाग्दा वा शरीरमा कुनै पीडा हुँदा रुन्छन्।
यसका साथै राति अचानक कुकुर भुक्न थाल्यो भने केही अप्रिय घटना घट्ने जनविश्वास रहेको छ । राती र दिउँसो कुकुर रुनु अशुभ मानिन्छ ।
यदि तपाईको घरमा घरपालुवा कुकुर छ र त्यो एक्कासी रुन थाल्छ वा आँखाबाट आँसु आउन थाल्छ भने त्यसको मतलब त्यो घरमा कुनै ठूलो समस्या आउन लागेको छ । यस्तो अवस्थामा सतर्कता अपनाउनु जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई क्यान्सर हुनबाट बच्न चाहानुहुन्छ ? मज्जाले सुत्नुहोस्
फागुन ५, २०८१ सोमबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार