कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य

नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १६:३५:५८

१३ मंसिर, दार्चुला । अपिहिमाल गाउँपालिका–२ सकारस्थित सिद्धनाथ आधारभूत विद्यालय दैभातमा सञ्चालित बालविकासका बालबालिका चिसो मौसममा छानोमुनि पढ्न बाध्य छन् । बालविकास कक्षाका लागि भवन निर्माण नहुँदा कलिला बालबालिका चिसोमा पनि छानोमुनि पढ्न बाध्य भएका हुन् ।
सकार, दोबाटा र थालाका बालबालिका पढाउने उद्देश्यले विसं २०६५ मा उक्त बालविकास कक्ष स्थापना गरिएको थियो । तत्कालीन अवस्थामा विद्यालय नजिक नहुँदा उक्त कक्षमा बालबालिका बढी थिए । आधारभूत विद्यालय दैभात जान पाँच घण्टा र महादेव मावि घुसा पुग्न तीन घण्टा बढी समय लाग्दछ ।
बालबालिका ठूलो उमेर हुँदा मात्रै विद्यालय पढाउनुपर्ने अवस्था भएकाले सकारमा बालविकास माग गरिएको स्थानीय भुरी धामीले बताए । “बालविकासका लागि स्वीकृत दिए पनि भवन छैन । भवन नहुँदा जस्तापाताले घामपानी छेक्ने गरी बालबालिका राख्नुपर्ने बाध्यता छ । भवन दिनुप¥यो भनेर पहिले पनि माग गरेका थियौँ”, उनले भने, “हालसम्म सुनुवाइ भएको छैन । विद्यालय अनुगमन गर्न आए पनि बालविकास भवनबारे सरोकार भएका निकायले चासो नदिँदा बालबालिका छानोमुनि पढ्न बाध्य छन् ।”
अहिले बालविकास कक्षामा तीन जना मात्रै विद्यार्थी अध्ययनरत रहेका बालविकास सहजकर्ता ललिता कार्कीले जानकारी दिए। “एक–दुई वर्षयता विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको छ”, उनले भने ।
अपिहिमाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र साउदले भवन निर्माणसम्बन्धी विषयमा आफू जानकार नभएको बताए। उनले भने, “विद्यार्थी थोरै छन्, बालविकास कक्ष दैभातअन्तर्गत सञ्चालनमा छ । तत्कालीन समयमा बालविकास निर्माणबारे भएका योजना अध्ययन गरी पूर्वाधार निर्माणमा जोड दिने छौँ”, उनले भने ।
विद्यार्थी भएर बालविकास कक्षा सञ्चालन भएको भन्दै पूर्वाधार निर्माणमा सरोकार भएकाले चासो नदिँदा बालिबालिका मर्कामा परेका स्थानीय बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार
मोटोपन र मुटुरोगको अन्तरसम्बन्ध
फागुन १४, २०८१ बुधबार
एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
नेपालको गौरवपूर्ण अतीतः नेपाली सेना
फागुन १४, २०८१ बुधबार