स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद

नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १७:३०:५२

१३ मंसिर, काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भएको भ्रष्टाचारको विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको छ । विशेषले अन्तःशुल्क छपाइ प्रकरणमा मुख्य दोषी ठहरिएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठको सजाय निर्धारण गरेको हो । उनीहरू दुबैलाई लाई ८–८ वर्ष कैद सजाय तोकिएको छ ।
उनीहरुलाई जनही ३ करोड ४२ लाख २२ हजार ८ सय रूपैयाँ बिगो र त्यति नै जरिवाना पनि अदालतले तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले गत कात्तिक १४ गते गरेको फैसलाको आज सजाय निर्धारण गरेको हो । यस प्रकरणमा जोडिएका पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललगायतले भने सफाइ पाइसकेका छन् ।
गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यस प्रकरणमा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दावीसहित अख्तियारको मुद्दा हालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल बार एशोसिएशनको निर्वाचन : कार्यतालिका आइसक्यो, सत्ता पक्षमै छैन गठबन्धनको टुंगो
फागुन १३, २०८१ मंगलबार
प्रधानन्यायाधीशको नाममा खोलिएको नक्कली अकाउन्टबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार