दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १९:६:२
१३ मङ्सिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारको प्रारम्भिक खाका तयार भएको बताएका छन् । राष्ट्रिसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा मन्त्रालयको बजेट वक्तव्य कार्यान्वयनको अवस्थाबारे जानकारी दिँदै मन्त्री अधिकारीले सरकारी स्वामित्वको डिडिसीको व्यवस्थापकीय सुधारको काम सुरु भएको बताए।
“मन्त्रालय डिडिसीलाई सुधार गर्न लागिपरेको छ”, मन्त्री अधिकारीले भने, “मन्त्रालयअन्तर्गत समिति गठन गरेर यसलाई कुन ढङ्गबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका तयार गरेका छौँ ।”
संस्थानको चालु खर्चमा ३० प्रतिशत कटौती गर्नेबारे उनले जानकारी दिए । यस्तै चिस्यान केन्द्रको व्यवस्थापन, बजारीकरण गर्न ५० स्थानमा कर्नर र एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ । मन्त्री अधिकारीले भने, “दुग्ध विकास संस्थानका सबै आयोजना प्रमुखसँग संयुक्तरुपमा छलफल गरेका छौँ ।”
मन्त्री अधिकारीले संस्थाको आन्तरिक व्यवस्थापनमा कर्मचारी जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । गत असार मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने रकम रु एक अर्ब ५८ करोड बाँकी रहेको, कर्मचारीलाई उपदान दिनुपर्ने रकम रु आठ करोड ३८ लाख, कर्मचारीलाई तलब दिनुपर्ने रु चार करोड ६३ लाख र अन्य भुक्तानी गर्नुपर्ने रु २३ करोड २४ लाख रहेको मन्त्रालयले जनाएको छ ।
किसानको भुक्तानी रु ५६ करोड बाँकी रहेको मन्त्री अधिकारीले समितिलाई जानकारी दिए । उनका अनुसार कर्मचारी उपदानतर्फ रु सात करोड २४ लाख, कर्मचारीको (तलब कात्तिक महिना) रु एक करोड सात लाख तथा अन्य भुक्तानी गर्नुपर्ने रु १३ करोड ११ लाख छ । किसानको हातमा रु एक अर्ब ३० करोड भुक्तानी पुगेको उनले बताए ।
डिडिसीसँग रु ३७ करोड ९४ लाख बराबरको दूध पाउडर पाँच सय ५२ मेट्रिकटन तथा रु ४९ करोड ६० लाखको ६ सय २० मेट्रिकटन बटर मौज्दात रहेको छ । यस्तै उठ्न बाँकी रु ३१ करोड एक लाख रहेको मन्त्री अधिकारीले जानकारी दिए । कृषि ऐन निर्माणदेखि रासायनिक मल खरिदका लागि कानुन संशोधन र समयमै कृषि उपजको न्यूनतम मूल्य समर्थन मूल्य तोक्ने विषयमा उनले समितिलाई जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार