तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार २२:२:२६
१३ मङ्सिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताएका छन् । मोरङको रङ्गेली नगरपालिका–३ मा रहेको रत्नमाध्यमिक विद्यालयको नवनिर्मित भवन आज उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र सङ्घ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गरे ।
उनले विकासका लागि सबै सरकारको सहकार्य हुनुपर्ने बताउँदै शिक्षा क्षेत्रको विकासमा पनि सहकार्य आवश्यक रहेको औँल्याए । सीमित स्रोत रहेका कारण एक्लैले विकास गर्नसक्ने अवस्थासमेत नरहेको भन्दै मुख्यमन्त्री कार्कीले भने, “अहिले केन्द्र तथा प्रदेशमा नयाँ सरकार आएपछि केही उत्साह देखिएको छ, अहिलेको सरकार आएपछि केही उत्साह देखिएको छ, अब सबै मिलेर काम गरौँ ।”
उनले आर्थिक अवस्था खस्किएकाले विकासको काम सोचेजति हुन नसकेको प्रष्ट पार्दै प्रदेश सरकारले आर्थिक क्षेत्रमा सुधारको काम गर्दैछ भने । मुख्यमन्त्री कार्कीले गत वर्षको तुलनामा यो वर्ष प्रदेशमा १८ प्रतिशतले राजस्व बढेको जानकारी दिए ।
त्यस अवसरमा सार्वजनिक लेखासमितिका सभापति तथा मोरङ क्षेत्र नं २ का सांसद ऋषिकेश पोखरेलले विद्यालय सुधारका लागि समुदाय नै जागरुक हुनुपर्नेमा जोड दिए । रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले विद्यालयमा यातायातका लागि बसको व्यवस्था साथै प्राविधिक शिक्षाका लागि सहयोग गर्न प्रदेश सरकार र सङ्घ सरकारसँग माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार