बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार ११:१३:३०
♦ सञ्जय मिश्रा
१४ मंसिर, रौतहट । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत बारा प्रहरीले एकैदिनमा १० जना प्रतिवादी लाई पक्राउ गरेको छ।
प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बिहीवार जिल्लाको छुट्टाछुट्टै स्थान बाट एकैदिनमा १० फरार प्रतिवादी लाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कलैया उपमहा नगरपालिका १८ का चोरी मुद्दामा लालबाबु महतो धानुक लाई जिल्ला अदालत बाट १ महिना कैद र ५ हजार जरिवाना रहेको छ।
त्यस्तै पक्राउ पर्नेमा फेटा गाउँपालिका ४ बतराका चोरी मुद्दाका मुकेश मुखिया, चोरी मुद्दामा निजगढ ९ का अमृत लामा,चेक अनादर मुद्दामा सिम्रौनगढ ११ का सन्तोष साह तेली , सोही मुद्दामा वडा १० का वकिल प्रसा यादव ,करैयामाई ८ का नागेन्द्र पण्डित , गंजभवानिपुरका शोषनाथ प्रसाद साह तेली, बरियारपुरका रामायण चौधरी, रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताएका छन्।
त्यसैगरी जनक बहादुर स्याङतान निजगढ १ का हातहतियार खरखजाना मुद्दा र सोही मुद्दामा सोही ठाउँका प्रेम बहादुर स्याङतान पक्राउ परेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन्।
पक्राउ परेका सबै १० जनालाई फैसला कार्यान्वयनका लागी बारा जिल्ला अदालत कलैयामा बिहीवार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौरमा मोबाइल चोरी गर्ने दुई जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती
मंसिर १४, २०८१ शुक्रबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार