गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार ११:४९:१४
१४ मंसिर, गोरखा । सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
“चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ, गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बीमा दर्ता सहयोगीलाई खबर गर्ने र बीमा अभिकर्ताले घरमै पुगेर बीमा गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने । कार्यक्रमअन्तर्गत हालसम्म २५ जना गर्भवतीसहित उनीहरूका परिवारका एक सय २५ जनाको निःशुल्क स्वास्थ्य बीमा भएको छ ।
“गाउँपालिकाले एक जना गर्भवतीका लागि गरिदिएको रु तीन हजार पाँच सयको स्वास्थ्य बीमाबाट गर्भवतीसहित परिवारका पाँच जनाको बीमा हुन्छ, जसबाट परिवारका पाँच जना सदस्य प्रत्येकले प्रतिव्यक्ति रु एक लाखसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्दछन्”, शाखा प्रमुख श्रेष्ठले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार