गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १२:५४:१८
१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने विभिन्न सहकारीको रकम ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा छन् । बिहीबार कास्कीबाट काठमाडौं ल्याइएका उनको आज शुक्रबार काठमाडौं सरकारी वकिलको कार्यालयमा यसबारे बयान चलिरहेको छ । प्रहरीले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको विषयमा बयान लिन बिहीबार साँझ काठमाडौं ल्याएको थियो । यसपछि अर्को सहकारी ठगीकै विषयमा बयानका लागि उनलाई चितवन लगिँदैछ ।
नेपाली राजनीतिमा नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको भन्दै पत्रकारिता छाडेर उनी दल दर्ता गरी राजनीतिमा आएको लामो समय भएको छैन । तर, उनी अमेरिकाबाट नेपाल आएपछि विभिन्न बहानामा सहकारी ठगीका लागि सञ्जाल नै बनाएको कुरा अहिले आएर खुल्न थालेको छ । उनले २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका थिए । त्यसअघि उनी पत्रकारितामा आबद्ध थिए । यही सिलसिलामा २०७७ फागुन ११ मा ग्यालेक्सी टीभीको घोषणा भएको थियो । यो मिडिया खोल्दा उनी र गितेन्द्रबाबु (जीबी) राईसहितका अन्य सहयोगी मिलेर विभिन्न सहकारीबाट रकम ल्याएका थिए । जुन पछि फिर्ता गर्ने अवस्था रहेन । सयौं बचतकर्ता डुबे ।
अहिले प्रहरीले जुन सहकारी ठगी गरेको विषयमा रवि लामिछानेसँग बयान गरिरहेको छ । सोही सहकारी स्वर्णलक्ष्मीबाट ऋण लिएर रविले महँगो गाडी चढेर रवाफ देखाएको कुरा खुलेको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछाने चढ्ने गाडी स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबाट खरिद गरिएको पुष्टि भएको छ । सवा दुई करोडको टोयोटा फर्च्युनर गाडी किन्नेसहित विभिन्न प्रयोजनका लागि स्वर्णलक्ष्मीबाट निकालिएको ऋण भुक्तान गर्न लामिछाने आफैंले काटेका चेक भेटिएको छ।
राजनीतिमा आउनु अघि गोर्खा मिडिया नेटवर्क खुलेपछि उनी त्यसको शेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक बनेका थिए । त्यसको १५ महिनापछि २०७९ असार १ मा उनी कम्पनीबाट अलग भए । यो बीचमा गाडी खरिदलगायतका शीर्षकमा जीबी राई र लामिछाने दुई जनाको व्यक्तिगत तथा गोर्खा मिडिया प्रालिका नाममा स्वर्णलक्ष्मीबाट विभिन्न मितिमा ठूलो रकम निकालिएको अहिले आएर पुष्टि भएको छ । रविको संलग्नतामा स्वर्णलक्ष्मीसहित पाँच सहकारीबाट ६७ करोड ७६ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएको भेटिएको छ । प्रहरीले लामिछाने सहितले सहकारीको ठूलो अपचलन गरेको तथ्य प्राप्त गरिसकेको छ ।
प्राप्त विवरण अनुसार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले १५ वटा चेक काटेर ८९ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेको भेटिएको छ । कम्पनीका अध्यक्ष राईले भने चार लाखको एउटा चेक काटेका थिए । यसरी गोर्खा मिडियाले १६ वटा चेकबाट स्वर्णलक्ष्मी सहकारीलाई ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेको प्रमाण भेटिएको छ । २०७७ माघमा वीरगन्ज भन्सारबाट भित्रिएको २७५५ सीसीको टोयोटा फर्च्युनर २०७८ असार १३ मा जीबी ग्रुप अफ कम्पनीका नाममा खरिद गरेर तीन महिनापछि असोज ६ मा त्यही गाडी गोर्खा मिडिया नेटवर्कका नाममा सारिएको प्रहरीको भनाइ छ ।
प्रहरीले आजदेखि उनको जिल्ला सरकारी वकिलको कार्यालय बयान सुरु गरेको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई थप अनुसन्धानका लागि बयान लिन लागिएको हो । उनीसँगै पक्राउ पुर्जी जारी भएका अर्का आरोपी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान लिएर पोखरा फिर्ता पठाइ सकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए । उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ । पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्याद थपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ ।
रुपन्देहीमा उनको बयान सकिएको छ भने काठमाडौंमा बयान सकिएपछि पोखरा लगेर त्यहाँबाट चितवन लगिनेछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेका लामिछानेमाथि साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ । यसअघि बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरण अन्तर्गत अभियोगमा रुपन्देही लगेर उनको बयान लिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
मंसिर २०, २०८१ बिहिबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
मंसिर २०, २०८१ बिहिबार
धुम्बाराहीबाट गृहमन्त्री लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गर्ने पक्राउ
मंसिर २०, २०८१ बिहिबार
भरतपुर अस्पतालमा उपचारसँगै योग कक्षा सञ्चालनमा
मंसिर २१, २०८१ शुक्रबार
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
मंसिर २१, २०८१ शुक्रबार
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
रास्वपाले भन्यो “प्रहरीले रवि लामिछानेको डायरी गायब पार्यो”
मंसिर २१, २०८१ शुक्रबार
भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फिर्ता
मंसिर २१, २०८१ शुक्रबार