ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १३:४८:२२
१४ मंसिर, काठमाडौं । भारतीय क्रिकेटर इमरान पटेलको हृदयघातका कारण निधन भएको छ । ३५ वर्षीय क्रिकेटर इमरान बुधबार पटेल लिग खेलमा आफ्नो टोलीका लागि ओपनिङ गर्ने बेला असहज महसुस गरेका थिए ।
समाचार स्राेतका अनुसार केही ओभर मात्र खेलेपछि उनले अम्पायरलाई आफ्नो बायाँ हात र छातीमा दुखेको कुरा बताएका थिए। अम्पायरसँग कुरा गरेपछि पटेल प्याभिलियन तर्फ फर्कन थालेपछि उनी तल खसेका थिए । उनलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो, अस्पतालमा भर्ना भएकाे केही समयमै चिकित्सकले इमरान पटेललाई मृत घोषणा गरेका थिए।
उनका साथी क्रिकेटर नसीर खानले अहिलेसम्मको इतिहासमा इमरान पटेललाई कुनै पनि गम्भीर स्वास्थ्यसम्बन्धी रोग नभएको बताएका छन् । उनीसँग राम्रो शारीरिक तन्दुरुस्ती पनि थियो, एक अलराउन्डर खेलाडी थिए र क्रिकेट खेलमा धेरै मन पर्थ्यो। नसीर खान भन्छन्, यो अचानक कसरी हुन सक्छ कसैले बुझ्न सक्दैन। लक्की बिल्डर्स एन्ड डेभलपर्स र योङ इलेभेनबीच खेलिरहेको यो खेल लक्की टिमको कप्तानीमा रहेका पटेलले इनिङ्सको छैटौं ओभरमा २ राम्रा चौका प्रहार गरेका थिए ।
रिर्पोटका अनुसार इमरान पटेलका ३ छोरी छन्। उनकी कान्छी छोरी मात्र ४ महिनाकी छिन् । पटेल आफ्नो क्षेत्रमा धेरै लोकप्रिय थिए र रियल(स्टेट व्यवसायमा पनि सक्रिय थिए। उनको आफ्नै जुस पसल पनि छ । यस्तै घटना यस वर्ष सेप्टेम्बरमा भएको थियो, जब हबीब शेखको पुणेमा हृदयघातका कारण मृत्यु भएको थियो। हबीब मधुमेहबाट पीडित थिए, तर इमरान पूर्णतया स्वस्थ थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार