ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १४:३:५६
१४ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या रायको दुबई कार्यक्रमको एक भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनको नामको अगाडि ‘बच्चन’ थर हटाइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोसँगै ऐश्वर्या र अभिषेक बच्चनले साँच्चै डिभोर्स गरेका हुन् कि भन्ने अड्कलबाजी बढेको छ ।
केही समययता ऐश्वर्या राय र अभिषेक बच्चनबीच सम्बन्धविच्छेद भएको खबर आएको थियो । सबै किसिमका अड्कलबाजी भइरहेको छ । तर, अमिताभले हालै आफ्नो एक ब्लग पोस्टमा यसको खण्डन गरेका थिए । तर अहिले ऐश्वर्या दुबईमा भएको ग्लोबल वुमेन्स फोरमको कार्यक्रममा भाग लिएपछि सम्बन्ध विच्छेदको चर्चा फेरि बढेको छ ।
ऐश्वर्या राई दुबईमा सहभागी भएको कार्यक्रमको आधिकारिक इन्स्टाग्राम पेजमा एक भिडियो शेयर गरिएको छ । भिडियोमा ऐश्वर्या राई स्टेजमा पुग्नेबित्तिकै स्क्रिनमा नाम झल्कियो– ऐश्वर्या राई । अन्तर्राष्ट्रिय तारा।
ऐश्वर्याको इन्स्टाग्राम पेजमा उनले अझै पनि ‘बच्चन’ थरको प्रयोग गरेकी छन् । थर हटाइएको भिडियोले उनको सम्बन्ध विच्छेदको खबरलाई पुष्टि नगर्ने रिपोर्ट बताउँछन् । दुबईमा भएको यो कार्यक्रममा व्यावसायिक कारणले अभिनेत्रीको पहिलो नाम प्रयोग गरिएको हो । यसैबीच ऐश्वर्या अहिले मुम्बई फर्किएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार