हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १७:४१:३२
१४ मंसिर, काठमाडौं । बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूमाथि असहिष्णु नहुन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले बंगलादेश सरकारलाई आग्रह गरेको छ। महासंघ अन्तर्राष्ट्रिय समिति का. वा.अध्यक्ष अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्दै बंगलादेश सरकारलाई त्यस्तो आग्रह गरेकी हुन् ।
बंगलादेशमा बसोवास गर्दै आएका हिन्दु धर्मावलम्बी माथि बारम्बार भइरहने आक्रमणका घटनाहरूबाट विश्व हिन्दु महासंघको चिन्तित रहेको भन्दै अध्यक्ष भण्डारीद्धारा जारी विज्ञप्तिमा मंसिर ११ गते मंगलबारका दिन (26 November 2024) मा बंगलादेश सम्मिलित सनातन जागरणका प्रवक्ता हिन्दु धर्म गुरु श्री चिन्मोय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवं अगुवाइ गरेको कारण जेल चलान गरेको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएकोले बंगलादेश सरकारबाट भएको उक्त कार्यको विश्व हिन्दु महासंघ घोर भर्त्सना गरेको उल्लेख छ ।
"घटनाले संसारभरिका हिन्दु धर्म तथा ॐकार परिवारका अनुयायीहरूमा गहिरो चोट पुगेको छ । आफ्नो देशका बंगलादेशी हिन्दुहरू जो अल्पसंख्यामा रहेका छन् उनीहरूको धार्मिक स्वतन्त्रताको सम्मान र मानव अधिकारको रक्षाका लागि संवेदनशील बन्दै शान्ती सुरक्षाको प्रत्याभूति गराउनको लागि बंगलादेश सरकारको ध्यानकर्षण गराउँछौँ। "- विज्ञप्तिमा भनिएको छ।
त्यहाँ स्थित स्कोन मन्दिरका सञ्चालक समेत रहेका धर्म गुरु श्री चिन्मोय कृष्णदासलाई हिन्दु धर्मको अगुवाई गरेकै कारणले किन जेल चलान गरिएको हो ? यस विषयमा गम्भीर भई यथाशीघ्र गुरु चिन्मोयको रिहाइको लागि बंगलादेश सरकार समक्ष विश्व हिन्दु महासंघले जोडदार माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार