राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह

नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १८:१८:४

१४ मङ्सिर, तनहुँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता भए मात्रै विकास निर्माणको कामले गति लिने बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारस्थित नयाँ सहर विकास आयोजनाको एकीकृत भवनको आज उद्घाटन गर्दै मन्त्री सिंहले देशलाई आर्थिक समृद्धिमा लैजान दुई ठूला दल मिलेर सरकार बनाएको बताए ।
छिनछिनमा सरकार परिवर्तन हुँदा विकासको काम अलपत्र पर्न थालेको महसुस भएपछि देशको विकासका लागि पनि दुई दल मिल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले भने, “वर्षमा दुई÷तीन वटा सरकार परिवर्तन हुँदा जनताको पक्षमा काम गर्न नसकिएको धेरै वर्षको अनुभवबाट महसुस भएको छ । राजनीतिक स्थायित्व दिँदै देशलाई समृद्धितर्फ लैजान नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएर सरकार बनेको हो ।”
वर्तमान सरकारको प्रमुख कार्यभार आर्थिक समृद्धि र जनताको पक्षमा काम गर्नुरहेको बताउँदै उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ र संस्थागत गर्दै संविधानबाट प्राप्त अधिकारलाई प्रवर्द्धन गर्दै अगाडि बढ्नुपर्छ ।”
हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउने कार्यक्रम ल्याउने सरकारको दायित्व रहेको उल्लेख गर्दै त्यसतर्फ सरकार केन्द्रित रहेको मन्त्री सिंहको भनाइ छ । मन्त्री सिंहले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउँदै हरेक नगरपालिकाले विद्यालयमा रोजगारमूलक शिक्षाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, “परम्परागत शिक्षाले मात्रै समृद्धि सम्भव हुँदैन । शिक्षालाई रोजगारसँग जोड्नुपर्छ ।”
मन्त्री सिंहले भानु नगरपालिकाले सञ्चालन गर्न लागेको जग्गा वर्गीकरणको कार्यक्रमलाई मन्त्रालयले सहयोग गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालका पक्षमा मतदान गर्न परराष्ट्रमन्त्रीको आग्रह
फागुन १५, २०८१ बिहिबार
झापामा रिसाएका नारायणकाजी : तीन दिन प्रचण्डलाई दंग्याएर फेरि अभियानमा सरिक भए
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
मरिसस, ला रेयुनियन खतरनाक चक्रवातका लागि उच्च सतर्कतामा
फागुन १५, २०८१ बिहिबार
गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय
फागुन १५, २०८१ बिहिबार
सबै नेपालीलाई नागरिक बिमामा जोड्नु पर्छ : मन्त्री पौडेल
फागुन १५, २०८१ बिहिबार
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् समर्थकसँग माफी
फागुन १५, २०८१ बिहिबार
घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव
फागुन १५, २०८१ बिहिबार
च्याम्पियन्स ट्रफीमा बंगलादेश र पाकिस्तानबीचको खेल वर्षाले रद्द
फागुन १५, २०८१ बिहिबार