एनपीएलको तयारी पूरा : क्यान
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार २०:३५:५६
१४ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातीसम्म सकिने क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताए ।
अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गरे । एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा कलर मात्र लगाउन बाँकी रहेको छ । बाँकी काम भने सम्पन्न भइसकेको छ ।
उक्त प्रतियोगिताको उद्घाटन खेल भोलि हुनेछ । जसमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो खेल्दै विराटनगरविरूद्धको खेलमा जित निकाल्ने विश्सास व्यक्त गरे।
त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले भोलिको खेल जित्ने विश्सास व्यक्त गरे । उनले भने, “सबैले जित्नको लागि नै खेल्ने हो सो हामी पनि जित्न कै लागि खेल्छौँ ।”
एनपीएलमा जनकपुर बोट्ल्स कप्तान परिवर्तन
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठ टोलीमध्ये जनकपुर बोट्ल्सले मात्र मार्की नरहेको खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ । बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ ।
जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ ।
त्यस्तै जनकपुरको मार्की खेलाडी भने आशिफ शेख छन् । जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए । उनले भने, “मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो ।” सहभागी आठै टोलीका कप्तानले आ–आफ्नो टोलीले प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम गोल्डकपको तयारी पूरा, भोलिदेखि सञ्चालन हुने
मंसिर २१, २०८१ शुक्रबार
एनपीएलमा आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा भिड्दै
मंसिर २१, २०८१ शुक्रबार
आइटिएफ टेनिस: नेपालका आरभ र सुनिरा सेमिफाइनलमा
मंसिर २०, २०८१ बिहिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
मंसिर २०, २०८१ बिहिबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
मंसिर २०, २०८१ बिहिबार
धुम्बाराहीबाट गृहमन्त्री लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गर्ने पक्राउ
मंसिर २०, २०८१ बिहिबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
मंसिर २१, २०८१ शुक्रबार
मधेशको मिथिलाञ्चल क्षेत्र उत्सवमय
मंसिर २१, २०८१ शुक्रबार
लुम्बिनी विरुद्ध पोखराको पहिलो जित
मंसिर २१, २०८१ शुक्रबार
चिसो बढेसँगै बेँसी झर्न थाले भेडाबाख्रा
मंसिर २१, २०८१ शुक्रबार
दक्षिण कोरियाको सियोलमा शनिबार दुई लाख प्रदर्शनकारी सडकमा उत्रिने
मंसिर २१, २०८१ शुक्रबार
भरतपुर अस्पतालमा उपचारसँगै योग कक्षा सञ्चालनमा
मंसिर २१, २०८१ शुक्रबार