मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार २१:२:५७
१४ मङ्सिर, बागमती । मकवानपुरका विभिन्न स्थानमा आज भएका छुट्टाछुटै घटनामा तीन जनाले ज्यान गुमाएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–८ दारीमबासमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
विद्युत् प्राधिकरणले जडान गरेको ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुइँमा लत्रिएको नाङ्गो तारमा करेन्ट लागेर स्थानीय ३८ वर्षीय मङ्गलसिंह प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
करेन्ट लागेर अर्का स्थानीय ४० वर्षीया इन्द्रमाया मगर घाइते भएकी र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । कान्तिलोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–६ चौघडाबजारमा आज अटो रिक्साको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।
हेटौँडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं को अटोले ठक्कर दिँदा पदैलयात्री ६८ वर्षीय जनक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते राईको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घरको मर्मत गर्ने क्रममा छतबाट खस्दा हेटौंडा उपमहानगरपालिका–४ नेपालचोकमा एक मजदुरको मृत्यु भएको छ । स्थानीय युवराज बिडारीको घरको दुई तलामाथि जस्तापाता लगाउने काम गर्ने क्रममा हेटौँडा उपमहानगपालिका–१३ पदमपोखरी निवासी ४१ वर्षीय सविन दुलालको खसेर मृत्यु भएको हो ।
एक्कासी दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका दुलालको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार