बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार २१:१७:७
४ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच चीनको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अघि बढाउन सहमत भएका छन् । सहमति अनुसार चीनले अहिले नेपालले तयार पारेको प्रस्ताव स्वीकार गरेमा चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अगाडि बढाउन हस्ताक्षर गर्न सक्नेछन् ।
आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार’ आदि क्षेत्रमा सीमित भएर सहकार्य फ्रेमवर्कको मस्यौदा तयार भएको छ । कांग्रेसले चीनले प्रस्ताव गरेको ढाँचामा आमूल परिवर्तन गरेर बीआरआई अघि बढाउन सकिने गरी बनाएको प्रस्ताव एमालेले स्वीकार गरेपछि सहमति भएको नेताहरूले बताएका छन् । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन सम्झौताको नाम परिवर्तन गरिएको बताइएको छ ।
यद्यपि कांग्रेस र एमालेबीच भएको सहमतिको फेमवर्कमा चीनको सहमति आवश्यक पर्छ । चीनको प्रतिक्रिया के रहन्छ, त्यो प्रधानमन्त्री गएर प्रस्ताव गरेपछि मात्र थाहा हुनेछ । नेपालले तयार पारेको प्रस्तावमा चीन सहमत भए प्रधानमन्त्रीले प्रक्रिया अगाडि बढाउन सक्ने छन् । कांग्रेस र एमाले बीचमा बीआरआई सहकार्य फ्रेमवर्कमा यहीअनुसार सहमति भएको हो । प्रधानमन्त्री ओलीले चीन भ्रमणका दौरान द्वीपक्षीय हस्ताक्षरको लागि यो फेमवर्क प्रस्ताव गर्ने भएका छन् ।
सन् २०१७ को समझदारीपत्रको धारा ३ (२) मा कुनै पनि विशेष क्षेत्रमा सहयोगको लागि दुई पक्षले पारस्परिक सहमतिका सर्तहरुमा आधारित सम्झौता वा अन्य सहयोगका दस्तावेज सम्पन्न गर्ने प्रावधान उल्लेख भएको छ । तसर्थ सबै/व्यापक क्षेत्र समेटेरभन्दा पनि कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने अहिलेको लागि आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार आदि क्षेत्रमा सीमित भएर सहकार्य फ्रेमवर्कको मस्यौदा तयार भएको हो ।
मस्यौदामा नेपालले अनुदानमात्र स्वीकार गर्ने र त्यो पनि नेपालको आवश्यक र राष्ट्रिय आवश्यकतामा निहीत हुने विषय पनि मस्यौदामा समेटिएको बताइएको छ । उक्त सहकार्य फ्रेमवर्कको अन्य सहकार्यको क्षेत्रहरु शिक्षा, विज्ञान, बौद्धिक सम्पत्ति, कृषि र वन, भूविज्ञान, वाणिज्य, भन्सार तथा गुणस्तरमा समझदारीको प्रावधानअनुसार नै भविष्यमा छुट्टै सहकार्यको दस्तावेज सम्पन्न गर्न सकिने मस्यौदामा उल्लेख गरिएको छ । सहमति अनुसार अब नेपालले ओलीको चीन भ्रमणको क्रममा आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना र व्यापारमा मात्र सीमित भएर सम्झौता गर्न सक्नेछ ।
कार्यदलले सहमतिमा मस्यौदा तयार पारेर प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ बुझाएको छ । अब उक्त दस्तावेजलाई चिनियाँ पक्षलाई पठाइने छ । नेपाली पक्षले तयार पारेको उक्त मस्यौदामा बेइजिङले सहमति जनाएमा प्रधानमन्त्री ओलीको सोमबारदेखि हुने चीन भ्रमणका दौरानमा मंसिर १८ मा दुई मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाको सियोलमा शनिबार दुई लाख प्रदर्शनकारी सडकमा उत्रिने
मंसिर २१, २०८१ शुक्रबार
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
मंसिर २१, २०८१ शुक्रबार
दक्षिण कोरियाको सत्तारुढ दलद्वारा राष्ट्रपति युनको राजीनामाको माग गर्दै प्रदर्शन
मंसिर २१, २०८१ शुक्रबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
मंसिर २०, २०८१ बिहिबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
मंसिर २०, २०८१ बिहिबार
धुम्बाराहीबाट गृहमन्त्री लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गर्ने पक्राउ
मंसिर २०, २०८१ बिहिबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
मंसिर २१, २०८१ शुक्रबार
मधेशको मिथिलाञ्चल क्षेत्र उत्सवमय
मंसिर २१, २०८१ शुक्रबार
लुम्बिनी विरुद्ध पोखराको पहिलो जित
मंसिर २१, २०८१ शुक्रबार
चिसो बढेसँगै बेँसी झर्न थाले भेडाबाख्रा
मंसिर २१, २०८१ शुक्रबार
दक्षिण कोरियाको सियोलमा शनिबार दुई लाख प्रदर्शनकारी सडकमा उत्रिने
मंसिर २१, २०८१ शुक्रबार