शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार २१:५४:३१
१४ मङ्सिर, जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृङ्खलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई नेपाली गरी छ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी घर भई हाल महोत्तरीको गौशाला बजारमा डेरा भाडा लिएर डाक्टरी पेसा गर्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोदकुमार साह, निजकी पत्नी २६ वर्षीया सञ्जुदेवी साह, भारत सीतामढीकै ५२ वर्षीय रंधिर साह र सुधीर भण्डारी माली रहेका छन् ।
त्यस्तै गौशाला नगरपालिका–६ बस्ने २६ वर्षीय राकेशकुमार यादव र वडा नम्बर–९ बस्ने २८ वर्षीय ललन साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
पक्राउ परेका छ जना र अन्य चार जना गरी १० जनाको समूहमा गौशाला र औरही नगरपालिकाको विभिन्न वडामा बन्दुक, पेस्तोल र अन्य घरेलु हतियार प्रयोग गरेर आधा दर्जन बढी चोरी र डकैतीको शृङ्खलाबद्ध घटना घटाएर लाखौँको नगद र सुनचाँदीका गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
सार्वजनिक गरिएका छ जनाकै समूहमा संलग्न अन्य चार जना त्यस्तै प्रकारको घटनामा भारतको विहार राज्यमा पक्राउ परेको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट बरामद गरिएको दुई थान पेस्तोल, एक थान नलकटुवा, २३ राउण्ड गोली, विभिन्न फलाम र स्टिलको हतियार, औजार, सुन र चाँदीका गरगहना, मोबाइल छ थानलगायत सामग्री पनि सार्वजनिक गरेको छ ।
लुटेराले यी सामान जिल्लाको औरही नगरपालिकाको औरही बजार, गौशाला नगरपालिकाको निगौल, बटौवा, इमली बजार, रजखोरलगायत स्थानमा हतियार देखाएर लुटपाट गरेका थिए । त्यसैगरी पक्राउ गरेका छ जनामाथि जिल्ला प्रहरी कार्यालयले हात हतियार तथा खरखजाना, चोरीरडाँका (लुटपा) र सङ्गठित अपराध मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा झापाका हरिचन्द्र फुँयाल पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार