उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार १८:१७:२१

१५ मङ्सिर, काठमाडौं । भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।
निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ । मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई यसअघि नै अनुरोध गरिसकेको छ ।
मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् । आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ ।
आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि सप्तरीका किसान चिन्तित
फागुन १७, २०८१ शनिबार
कैलाश र वैकुण्ठ जोड्ने गरी जिपलाइन निर्माण
फागुन १७, २०८१ शनिबार
ट्रम्पसँगको चर्काचर्की बहसपछि बेलायत पुगे जेलेन्स्की
फागुन १७, २०८१ शनिबार
गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी
फागुन १७, २०८१ शनिबार
आगामी आर्थिक वर्ष २०८२-८३ को तयार भयो ‘बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
फागुन १७, २०८१ शनिबार
ट्रम्प र जेलेन्स्कीबीचको बहसपछि विश्वमा हंगामा, युक्रेनलाई कुन देशहरूको छ समर्थन ?
फागुन १७, २०८१ शनिबार