झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
रासस
मंसिर १६, २०८१ आइतबार १५:२६:१६
१६ मंसिर, बनियानी 'झापा' । झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको छ । भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । झापामा गत वर्ष दुई य ३० हेक्टरमा करिब एक हजार आठ सय ५६ टन बेसार उत्पादन भएको थियो ।
“उत्पादित बेसारलाई प्रशोधन गरेपछि झण्डै चार लाख किलो धुलो बेसार हुन्छ”, उनले भने, “जिल्लामा बेसार खपतका हिसाबमा हेर्ने हो भने यो ३० प्रतिशतको हाराहारीमा पुग्छ ।” झापामा इलाम र सुनसरीबाट बेसार आउने गरेको विष्ट बताउछन् । जिल्लामा स्थानीय जातको बेसारखेती हुने गरेको छ । झापाको कचनकवल, दमक, अर्जुनधारालगायत पालिकामा बेसारखेती हुने गरेको छ ।
जिल्लामा खुलेका सानाठूला मसला प्रशोधन उद्योगका कारण बेसारखेतीतर्फ कृषक आकर्षित हुन थालेका छन् । कचनकवलको साथी कृषिफर्म, बिर्तामोडको मेची खाद्य प्रशोधन उद्योग र दमकको सेतुमारी कृषि सहकारीले बेसार प्रशोधन गर्दै आएको छ । यी तीन संस्थालाई प्रशोधन मेसिन र आवश्यक पूर्वाधार निर्माणका लागि रू ६० लाख अनुदान उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “दमकमा कृषि सहकारीले सदस्यलाई बेसार उत्पादन गर्न प्रोत्साहन गर्न थालेपछि खेती गर्ने कृषकको सङ्ख्या वृद्धि भएको छ”, प्रमुख विष्टले भने, “झापामा बेसारखेतीको सम्भावना पनि धेरै छ ।”
झापाका भारतीय सीमावर्ती क्षेत्रबाट वैध अवैध रुपमा बेसार भित्रिँदा चुनौती देखिएको विष्टले बताए । “भारतको बेसार सस्तो छ”, उनले भने, “त्यसले चुनौती पनि देखिन्छ ।” कृषकलेसमेत माटोसहितको बेसार बेच्न लाँदा उचित मूल्य नपाउने अवस्था छ । आफूले उत्पादन गरेको बेसारलाई सफा बनाएर बेच्न लाँदा राम्रो मूल्य पाउने विष्टको भनाइ छ । झापामा गत वर्ष प्रतिकिलो गोटा बेसार रू एक सय ३० देखि रू एक सय ५० सम्ममा बिक्री भएको थियो । बजारमा धुलो बेसारको मूल्य रू तीन सय ५० देखि रू पाँच सयसम्म रहेको छ ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार