यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार १६:१:३४
१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोली सोमबार चीन भ्रमणमा जाँदैछन् । उनीसँग ८७ सदस्यीय टोली पनि सहभागी हुनेछ । जसमा ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका प्रतिनिधि रहने छन् । प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण तयारी परराष्ट्र मन्त्रालयले गरिसकेको छ । उसले वक्तव्यकाे फरम्याट पनि बनाइसकेको बताइएको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा छन् । कांग्रेस सांसदहरु अर्जुननरसिंह के.सी, श्यामकुमार घिमिरे, एमाले सांसद लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, माओवादीबाट रेखा शर्मा भ्रमण दलमा छन् । सांसदहरु बीरेन्द्रप्रसाद महत्तो, दीपक कार्की, सर्वेन्दनाथ शुक्ला र रन्जिता श्रेष्ठ पनि भ्रमण टोलीमा छन् ।
मुख्यसचिव एकनारायण अर्याल, अर्थसचिव डा. रामप्रसाद घिमिरे, कामु परराष्ट्र सचिव अमृत बहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मदन भन्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य टोलीमा परेका छन् ।
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल पनि भ्रमण टोलीमा परेका छन् । शिष्टाचार अधिकृत ऋचा भट्टराई, शाखा अधिकृत जानकी ओझा, सुजन लामीछाने, शिष्टाचार सहायक विनोद खनालको नाम पनि भ्रमण टोलीमा परेको छ । प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्र मन्त्रीकी निजी सहयोगी अनिता सिंह पनि चीन जाँदै छन् ।
प्रधानमन्त्रीसँग उद्योगी व्यवसायीको टोली पनि चीन जाँदैछ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्वअध्यक्ष चण्डीराज ढकाल, श्याम कुमार थापा, अञ्जन श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, मनोज पौडेल, भरत राज आचार्य, शैलेन्द्र गुरागाईं, प्रयास कार्की, मनोज अधिकारी, अम्बिका प्रसाद पौडेल, डा. राम शरण थापालिया, गोकर्ण राज अवस्थी, राम हरि कार्की, इन्द्र बहादुर श्रेष्ठ, सुरेश उप्रेती, अनिल कुमार अग्रवाल, कृति खतिवडा लगायत छन् ।
नेपाल उद्योग परिसंघबाट अध्यक्ष राजेश कुमार अग्रवाल, उपाध्यक्ष हेमराज ढकाल छन् । नेपाल चेम्बर अफ कमर्सबाट कमलेश कुमार अग्रवाल, राजेश काजी श्रेष्ठ, दीपक कुमार मलहोत्रा, उर्मिला श्रेष्ठ, अर्जुन प्रसाद शर्मा, सुरेश श्रेष्ठ रहेका छन् । यस्तै नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघबाट गणेश कार्की, मोहन कुमार डाँगी, आनन्द चौधरी, राम प्रसाद आचार्य, बलराम खतिवडा र बटु लामिछाने रहेका छन् ।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनबाट करण चौधरी, सुरेन्द्र कुमार उप्रेती रहेका छन् । अन्यमा शंकर प्रसाद पाण्डेय, उमेश प्रसाद सिंह, अनिल श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ लगायत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार