विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १२:७:२०
१८ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवासँगै रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीसँग समन्वय गरी बढुवाको तयारी गरेको हो । प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त रहेकाले यसको तयारी भएको हो ।
डीआईजीमा बढुवा भएकाहरूको दर्ज्यानी चिन्ह सोमबार बिहान लगाएसँगै एसपीहरूको एसएसपीमा बढुवा सिफारिसको तयारी थियो । तर एसएसपी बढुवा हुनेहरूले शक्तिकेन्द्रमा बढी चलखेल गरेका कारण सोमबार रोकिएको थियो । बढुवामा रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिङ गरिरहेका छन् । २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू अहिले बढुवाका लागि जोडबल गरिरहेका छन् ।
यी मध्ये पनि दुई पटकमा एसपी भएका ३८ जना मुख्य दाबेदार देखिएका छन् । ९ वर्षपहिले नै एसपीमा बढुवा भएका विमल बस्नेत यसपटक एसएसपी बन्ने लाइनमा छन । हालका एसपीमा उनी सबैभन्दा वरिष्ठ हुन् । तर कारबाहीमा परेका कारण उनको बढुवा रोकिएका कारण यसपटक पनि यसै भन्न सकिने अवस्था छैन । उनलाई पाँच वर्षका लागि बढुवा नगर्ने गरी कारवाही गरिएको थियो । उनी कारवाही फुकुवा गराएर बढुवाका लागि चर्को लविङमा रहेका छन् ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोलीका उनी मात्रै एसपीमा रोकिएका हुन् । उनकै ब्याचका सिद्धिविक्रम शाहसहितका अधिकारीहरू डीआईजीमा बढुवा सिफारिस भएर पनि सोमबार दर्ज्यानी चिन्ह लगाएका छन् । यस्तै, २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर पछि परेका एसपीहरू पनि अहिले बढुवाको लागि लबिङ गरिरहेका छन् । उनीहरू २०५८ को टोलीसँग २०७५ माघमा एसपीमा बढुवा भएका थिए । २०५६ को टोलीका विनोद सिलवाल, गोविन्द अधिकारी र विमलराज कँडेल पनि अहिले एसएसपीमा बढुवा हुने सूचीमा छन् ।
बाँकी २०५८ सालको टोलीका एसपीहरू एसएसपी बढुवा हुनेछन् । नवराज अधिकारी, कृष्णप्रसाद पंगेनी, अनुपम शमशेर राणा, जनार्दन जीसी, रमेश थापा र सन्तोष खड्का पनि आफ्नो ब्याचमा अब्बल नै रहेका कारण अन्य प्रतिस्पर्धी भन्दा अग्रभागमा रहेका छन् । धनुषामा लागूऔषध तस्करीलाई छाडेको र आर्थिक अनियमितताको आरोपमा कारवाहीमा परेका प्रकाश रानाभाट र हनी ट्र्यापमा मुद्दा चलाउन सिफारिस भएका कमल थापाको बढुवा यसपटक रोकिने निश्चित भएको छ । उनीमाथि भैँसेपाटीको हनी ट्र्याप प्रकरणमा अनुसन्धान भएको थियो। अहिले पनि उनीमाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ । रानाभाट भने नेताहरूको घरदैलो चाहरिरहेका छन् ।
हाल सम्पत्ति शुद्धीकरण विभागमा रहेका कृष्णप्रसाद पंगेनी बढुवाको अग्रभागमा छन् । उनी ६० किलो सुन तस्करीमा प्रकरणकाे छानविनमा उम्दा प्रहरी अधिकारी हुन् । साथै उनी अपराध महाशाखामा हुँदा बालकृष्ण खाँणसँग पनि नजिकको सम्बन्ध राखेर महोत्तरी जिल्ला कमाण्ड गर्न पुगेका थिए ।
गृहमन्त्रालयमा रहेका अजय केसी कार्यसम्पादन मूल्यांकनमा शुन्य रहेपनि अग्रभागमै आउन कोसिस गरिरहेका छन् । उनी कास्की प्रहरी प्रमुख हुँदा विवादित र भ्रष्ट छविका अधिकृत हुन । वर्षमान पुनसँग नजिक रहेका वीरबहादुर बुढामगर कार्यसम्पादनमा औसत छन् । उनी पनि २० नम्बरभित्रै अटाउने तयारीमा छन् । अर्का श्यामकुमार महतोको कार्यसम्पादन मूल्यांकन कमजोर देखिएको भएपनि उनले पनि शक्तिकेन्द्रमा आफ्नो पहुँचलाई कायमै राखेका छन् । २०७७ वैशाखमा बढुवा भएका तर रमेश थापाकै व्याची रहेका वेद विष्ट यसपटक एसएसपी हुने लाइनमा छन् ।
यही ब्याचका तर एसपी बढुवामा पछि परेका टोलीबाट पनि केही अधिकारीहरू एसएसपीमा बढुवा हुनेछन् । २०७७ वैशाखमा एकसाथ २४ डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो । त्यतिबेला तुलबहादुर कार्की पहिलो नम्बरमा बढुवा भएका थिए उनीसहित होबिन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराई मध्येबाट पनि केही एसएसपीमा बढुवा हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार