हामी नेपालीहरु राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न पनि चुक्दै गएका त छैनौँ ?
भेषराज पोखरेल
मंसिर १८, २०८१ मंगलबार १३:१०:३४
विकासमा पछि परेका हामी नेपालीहरूले विकाससम्बन्धी विशेष धारणा (भिजन) भएका नेता चाहिरहेका छौँ । वीपी, पुष्पलाल, गणेत्रमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्ता नेताका बारेमा सुन्यौँ, कसैले उनीहरुको नजिक भएर काम पनि गर्यौँ । उनीहरुलाई नेता मानेर जनताको संघर्षबाट प्रजातन्त्र अर्थात् लोकतन्त्र प्राप्त भएको छ । २०४६ पछि प्रजातन्त्र पुनःस्थापनापछि अहिले विद्यमान कांग्रेस, एमाले तथा माओवादीका लोकतन्त्र नै आफ्नो मूल ध्येय मान्ने नेताहरूलाई व्यहोरिरहेका छौँ तर राष्ट्रलाई व्यवस्थित रुपमा गति दिन भने नेताहरु चुकेका छन् ।
पछिल्लो समय भने केही परिवर्तन आएकोको छ, हामी नेपाली जनतामा राजनीतिक सचेतता पर्याप्त मात्रामा बढेको छ । राजनीतिक सचेतता त बढेको छ, सञ्चारको पहुँचका कारण केही भन्ने, केही आक्रोश पोख्ने अवस्थामा पनि पुगेका छौँ तर कतै राम्रोलाई राम्रो भन्न र नराम्रोलाई साँच्चै नराम्रो भन्न चुकेका छैनाैँ ? यो अशंका दह्रो रुपमा बढेर गएको छ । कहिलेकाहीँ सञ्चार माध्यममा आएका केही कुरा तथा केही विकासविद्का कुरा, केही अन्तर्राष्ट्रिय कार्यलाई टिपेर आफ्नै भिजन हो कि जस्तो गरेर चिच्याउने, लोभ्याउने भाषण गर्ने नेतालाई विकासकै मसिहा हुन् कि भन्ने ठान्ने, कुनै वास्तविक चिन्तन गर्ने नेतालाई चिन्दै नचिनेर पर्गेल्ने अवस्था बढिरहेको देखिएको छ । यो प्रवृत्ति असल नेतृत्व निर्माण हुनेमा बाधक हुने निश्चित छ ।
प्रचारमा रत भएर जनतामा भ्रम छर्न सफल नेतालाई देवत्वकरण गर्ने अर्थात् देवताजस्तै यसले केही गल्ती गर्दैनजस्तो गर्ने तथा जसले सिद्धान्त र पछिसम्मका विकासका सम्भावनालाई अगाडि सार्छ उसलाई काम नलाग्ने गफाडी जस्तै मान्ने अवस्था राम्रो होइन । राष्ट्र विकासको बाटोमा लम्किन दलहरु तथा आमजनताले नेतृत्वको क्षमता चिन्ने, हरसम्भव सहयोग गर्ने गर्दै नेतालाई खार्नुपर्ने हुन्छ । अहिलेसम्मको नेतृत्व र नेता निर्माणमा देश र जनता कहाँ चुके त्यो हेरौँ । पृथ्वीनारायण शाहभन्दा पहिलेको अवस्था त बाइसे, चौबीसे राज्य आपसमा लडिरहने कुरा इतिहास बताउँछ ।
शाह वंशको उदयपछि पनि असल नेतृत्व बन्न अर्थात् देशलाई समयानुकूल हिँडाउन सक्ने नेताहरूलाई अगाडि बढ्न दिनुको साटो दरबार नै सिध्याउने ध्याउन्नमा लाग्ने र ऊ गलत थियो भन्ने भाष्य जनतामा फिजाउने प्रपञ्च नै चलेको देखिन्छ । राणा शासनकालमा यो प्रवृत्ति उच्चतम अवस्थामा पुगेको इतिहासले स्पष्ट गर्छ । २००७ सालमा प्रजातन्त्र आएपछि वीपी कोइराला नेतृत्वमा आए । उनलाई दरबारले अगाडि बढ्न दिएन । उनले स्थापना गरेको दल नेपाली कांग्रेसलाई नै लुटने दल भन्ने भाष्य तयार गरेर प्रचार गरियो । यही क्रममा पुष्पलाल पनि देशलाई गति दिनुपर्छ भन्ने नेताको रुपमा देखिए तर उनलाई पनि अगाडि बढाउने भन्दा सिध्याउने मनसायमै लागियो । वीपीमाथि अनेक आरोपको भाष्य तयार गरियो तर अहिले पनि वीपीका प्रजातन्त्रका मूलभूत मान्यता, वैदेशिक सम्बन्ध, प्रजातान्त्रिक समाजवाददेखि अनेकौं विचारलाई कांग्रेस, कम्युनिष्ट, राप्रपा सबै दलका सबै नेताले उदाहरण दिएर त्यसै अनुसार अघि बढेको बताउन पछि पर्दैनन् । उनलाई अघि बढाउन अवरोध नगरेको भए देशले अर्कै मोड लिन सक्थ्यो ।
कम्युनिष्ट नेता पुष्पलाल कांग्रेस, कम्युनिष्ट सहकार्यमा देशलाई अगाडि बढाउन सकिन्छ, प्रजातन्त्र वा लोकतन्त्रलाई अगाडि बढाउन सकिन्छ भन्ने नेता हुन् । उनलाई त्यसबेलाको सत्ताले त दानवीकरण गर्ने नै भयो कम्युनिष्ट नेताहरुले ने अत्यन्तै तल्लो स्तरमा उत्रेर गद्दार घोषणा गरिदिएर नेतृत्वमा स्थापित हुनबाट रोक्ने प्रयास गरेको देखिन्छ । पछिल्लो समय भने उनी सबैका नेता बन्न गएका छन् । ०४६ पछि प्रजातन्त्र पुनः स्थापना भए पनि कांग्रेसले होस् वा कम्युनिष्ट दुवैले सम्भावना भएका नेता बन्ने प्रशस्त सम्भावना भएका नेताहरूलाई टिक्न दिइएन । उनीहरुलाई खेदि नै रहियो । केही नेताको वरिपरि रिंगेर चाकरी गर्ने समूह मात्रै तयार गरिंदै गइयो । जसले गर्दा कांग्रेस, एमाले तथा माओवादी दलमा दह्रोसँग नेतृत्व लिने नेता तयार भएको देखिन्न ।
कांग्रेसमा केही युवा नेताहरूले नेतृत्वको दावा गर्ने, नेतृत्वको काममा प्रश्न उठाउने गरेका छन् । एमालेमा केपी ओलीको कार्यमा प्रश्न उठाउने कुनै पनि नेता देखिएको छैन । उनका विरुद्ध थोरै मात्र प्रश्न उठाए उनी त क्रुद्ध हुने नै भए, उनका वरिपरिका नेता, कार्यकर्ताहरू अरिंगाल खनिएजसरी खनिने गरका छन् । यसले एमालेमा दीर्घ चिन्तक नेता अगाडि आउने सम्भावना कम देखिएको छ । यसले ओलीपछिको दलकै अवस्था के हन् होला ? प्रश्न तर्सिन्छ । कांग्रेसकै पनि प्रश्न उठाउने नेता त छन् तर तिनलाई स्थापित गर्न दल नै चुकिरहेको छ । दल त चुके नै, नेतृत्वले अरूलाई अगाडि आउन दिएन, सम्भावना भएका नेताहरु पनि चुक्दै गएको देखिएको छ । माओवादी केन्द्रको अवस्था हेर्दा अझ अनौठो अवस्था देखिन्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपमिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १९, २०८१ बुधबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको मार्शल ल संसदले गरिदियो खारेज
मंसिर १९, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार