विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार ९:४:१५
१८ मङ्सिर, काठमाडौं । सिरिया र रुसका सेनाले बिद्रोहीलाई अघि बढन नदिन हवाई हमलालाई तीव्र पारेका छन् । राष्ट्रपति बसर अल असदको सरकारले विपक्षी लडाकुहरूको प्रगतिलाई सुस्त पार्ने प्रयासमा सिरियाली र रुसी जेट विमानहरूले इडलिब शहर र एलेप्पोको स्थानहरूमा हवाई आक्रमणलाई तीव्र बनाएका हुन ।
सिरियाको लामो समयदेखि चलिरहेको युद्धलाइ बढवा दिदैँ एलेप्पो शहर कब्जा गरे पछि सिरिया र रूसले संयुक्त आक्रामण सुरू गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच, सिरियाको विपक्षी दलका एक सदस्यले सरकार राजनीतिक संक्रमणमा सहमत नभएसम्म युद्ध जारी राख्ने जनाएका छन्।
सिरियाली सरकारी सेनालाई एलेप्पो शहरबाट बाहिर निकाल्न बाध्य पार्ने विद्रोही आक्रमणको छैटौं दिन सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै इस्तानबुलस्थित विपक्षी नेता हादी अल बाहरीले भने, ‘हामी भोलिदेखि वार्ता गर्न तयार छौं ।’
हयात तहरीर अल शाम (एचटीएस) को नेतृत्वमा सिरियाली विपक्षी समूहहरूको गठबन्धन द्वारा नाटकीय प्रगति विगत २४ घण्टामा केही हदसम्म सुस्त भएको अल जजीराले उल्लेख गरेको छ ।
‘सिरियाली विपक्षीहरूको प्रगति युद्धको मोर्चामा जारी छ तर पहिलेको जस्तो छिटो भने छैन। पछिल्लो दुई दिनमा संकटबारे छलफल गर्ने कूटनीतिक प्रयास बढेकाले गति घटेको छ,’ कोसेओग्लुले भने।
तर, विपक्षी लडाकुहरू अझै पनि अलेप्पोको दक्षिणी भागमा रहेको हामाको बाहिरी इलाकामा रहेका छन्। अन्यत्र, तिनीहरूले तेल रिफाट सहरको अधिकांश भाग कब्जा गरेका छन्, जहाँ कुर्दहरूको नेतृत्वमा सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले कुर्दहरूलाई सुरक्षित रूपमा बाहिर निस्कन अनुमति दिन आह्वान गरिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीद्वारा आत्महत्या प्रयास
मंसिर २६, २०८१ बुधबार
टर्कीले सिरियालाई फेरि विभाजन हुन दिने छैन : एर्दोआन
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार