संस्थापन पक्षको दवाव रहे पनि कोइराला पक्षले विराटनगरमा डाकेको पालिका सभापति भेला नरोकिने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार ११:५:२
१८ मंसिर, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले विराटनगरमा आज पालिका सभापतिहरूसँग वृहत् छलफल राखेको छ । यो छलफललाई रोक्न कांग्रेसको संस्थापन पक्षले दवाव दिएको थियो । तर, कोइरालाले सबै तयारी भइसकेको भन्दै छलफल नरोकिने जनाएको छ ।
कोइराला पक्षका नेताहरूले देश र स्थानीय तहको पछिल्लो समयको अवस्थाबारे जानकारी लिन पालिका सभापतिहरूलाई छलफलका लागि बोलाइएको बताएका छन् । उनीहरुको भनाइमा यो कुनै पक्ष र विपक्षको भेला नभएर कांग्रेसका नेताले कांग्रेसबाट पालिकामा प्रतिनिधित्व गर्ने सभापतिहरूसँग छलफल गर्न लागेको हो । यस छलफलले कांग्रेसको कुनै पक्ष वा नेतालाई प्रभाव नपार्ने उनीहरुको दावी छ ।
यसअघि सोमबार कांग्रेसको संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ गतेदेखि आयोजना गरिएको भेला नै आधिकारिक हुने जनाएको थियो । कोइराला पक्षका विराटनगर सभापति दीपक चापागाईँले यो भेला रोक्नुपर्ने कुनै कारण नभएको बताएका छन् । केन्द्रले पत्रमार्फत भेला रोक्नु नभनेको उनको दावी छ । केन्द्रीय समितिको कार्यक्रम नभएको विषय मात्रै पत्रमा उल्लेख भएको र सही नै भएको बताएका छन् ।
भेलामा सहभागी हुनका लागि १ सय १३ पालिकाका सभापतिहरूले नाम दर्ता गरिसकेको बताइएको छ । १ सय १३ पालिकाका सभापतिहरू विराटनगर जम्मा भइसकेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पठाएको पत्रको कुनै अर्थ नहुने कोइराला पक्षको भनाइ छ । बिराटनगरस्थित कोइराला निवासमा नेता कोइरालासँग नेपाली कांग्रेस महानगरपालिका सभापतीहरु– निलकाजी शाक्य–काठमाडौ, सुरेन्द्रमान बिजुक्छे–पोखरा, सुवानन्द धाख्वा–ललितपुर, मणिन्द्रराज नेपाली–बिरगंज र दीपक चापागाईंले बिहान एकचरण छलफल पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार