कांग्रेसले उपनिर्वाचनमा प्राप्त गरेको संख्या गुणात्मक रूपले महत्वपुर्ण छः महामन्त्री शर्मा
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १२:३२:४२
१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनमा पहिलो दल बनाउन मत दिएको भन्दै जनतामा आभार प्रकट गरेको छ । पार्टी महामन्त्री समेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पार्टीले प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहपूर्वक रूपमा लिएको बताएका छन् ।
शर्माले गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिन्न भन्ने कुरा प्रमाणित भएको दावी गरेका छन् । रास्वपा लगायत अन्य शक्तिप्रति लक्षित गर्दै शर्माले उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखिएको बताएका छन् । पार्टीले प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई कांग्रेसले सन्तोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएको जानकारी गराएका छन् ।
उनले रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको उल्लेख गर्दै भनेका छन्, ‘०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी र महत्वपूर्ण छ ।’ महामन्त्री शर्माले ०७९ मा विजय पाएको केही स्थान गुमाएको प्रति इंगित गर्दै लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौँ, विज्ञप्तीमा भनिएको छ ।
‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको शर्माको भनाई छ । यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सक्रिय भूमिका निभाउने युवा पङ्क्तिलाई पार्टी सम्मान गर्दछ‚ शर्मा द्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार