सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १५:१:५
१८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीको मुख्यालयले सुशासनमा जोड दिइरहेका बेला मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि उनीहरूमाथि छड्के जाँच शुरु भएको छ । तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएका सशस्त्र प्रहरीका डीएसपी शम्भु कटुवालले चितवनको बीओपीमा रहेका कर्मचारीलाई विदा छाडेको विषयमा छानविन समिति बनाएर चेकजाँच शुरु भएको हो । गढीमाई बाहिनीका प्रमुख गणेश ठाडा मगरले समिति बनाएर उनको विषयमा छानविन गरेका थिए । समितिले प्रतिवेदन पनि बुझाइसकेको स्रोतले जनाएको छ ।
डीएसपी कटुवाल अहिले चितवनको छरछरे बीओपीको इन्चार्ज रहेका छन् । उनी अहिलेसम्म न कतै मिसन गएका छन्, न तलबले त्यत्रो घर बन्छ, उनी करिब १० बर्ष मधेस प्रदेश बसेर तस्करी गराउन तल्लीन भएकै कारण उनले यति धेरै अवैध सम्पत्ति जोडेको उजुरी विभागमा पर्नुका साथै छरछरेमा रहेको जनशक्तिलाई घरविदामा छाडेको र राशनको पैसा आफ्नो खातामा हाल्न लगाएको उजुरीपछि विभागले बाहिनीलाई छानवीन गर्न लगाएको थियो । अहिले चितवन छरछरे बीओपी पुगेका उनी त्यहाँ तस्करी गराउन नपाए पछि मातहत कर्मचारी बिदा छोडेर राशनबाट कमाउन लागेको विषयमा नेपालबहसले समाचार प्रकाशन गरेपछि उनी छानवीनमा परेका थिए । यस सम्बन्धी समाचार कात्तिक ११ गते प्रकाशित भएको थियो । त्यस लगत्तै छानवीन समिति बनाइएको थियो ।
उनले महंगा होटेलमा पुगेर बिदा मनाउने र उनलाई पैसाको जरुरत पर्यो भने ३० जना रहेको बीओपीमा २० जना त बिदामा नै रहेका कारण उनीमाथि छानवीन बनाउनु परेको थियो । कमान्डर हुँदा कहिल्यै सुधारको काम नगर्ने तर कमाउ धन्दा मात्र गर्ने उनको बानी रहेको उनीसँग कार्यरत एक प्रहरी कर्मचारीले बताए । ‘चितवनको छरछरे नाका होइन, त्यसकारण उनको ध्यान बिदा छोडेर राशनमा गएको रहेछ’, केही विषयहरू खुलेका थिए तर बाहिनीबाट आएकाहरुले कस्तो प्रतिवेदन बनाएर लगे, हामीलाई थाह भएन’, त्यही कार्यरत ती अधिकृतले भने । उनको महँगो दैनिकी देखेर मातहत कर्मचारी समेत अचम्म पर्ने गरेका छन् ।
उनी मात्र होइन राशनको पैसाले उनको घर परिवारलाई पनि खर्च पुर्याउनु पर्ने उनीसँग तराई बसेका एक जुनियर अधिकृतले बताएका छन् । कर्मचारीलाई विदामा पठाएकै कारण चितवनमा रहेको गणले थप मद्दत माग्दा दिन सकेको छैन । अहिले चितवनमा रवि लामिछानेको मुद्दा रहेका बेला नेपाल प्रहरीले सशस्त्र प्रहरीसँग थप मद्दत मागेको भएपनि त्यहाँबाट कोही पनि उपलब्ध नभएको स्रोतले जनाएको छ । यो विषयमा पनि सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परेको थियो । मुख्यालयले बाहिनीपति डीआईजी ठाडा मगरलाई छानवीन गर्न निर्देशन दिएको थियो । ‘छानवीन भइसकेको छ, प्रतिवेदन तयार भएको छ’, बाहिनी स्रोतले भन्यो । यो विषयमा सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपानेसँग जानकारी माग्दा ‘उजुरीमाथि छानविन गर्न सम्बन्धित बाहिनीलाई पठाइएकोमा त्यहाँबाट के कसो भएको हो भन्ने बारे प्रतिवेदन आईनसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार