डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १३:४४:१३
१८ मंसिर, काठमाडौं । आठ डीआईजीको बढुवासँगै केही डीआईजीहरूको सरुवा तथा हालै बढुवा हुनेहरूको पदस्थापनको तयारी भएको छ । केही दिनअघि डीआईजीमा बढुवा भएकाहरू ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई पदस्थापन गर्ने क्रममा प्रदेश डीआईजीहरूको पनि हेरफेर गर्ने तयारी भएको हो । सम्भवतः आउँदो शुक्रबारसम्म डीआईजीहरूको सरुवा तथा पदस्थापन हुनेछ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यसपटक कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा जानका लागि डीआईजीहरूको दौडधूप व्यापक छ । हाल लुम्बिनीमा डीआईजी कुवेर कडायत, कोशीमा चन्द्रकुवेर खापुङ, सुदुरपश्चिममा रविन्द्र केसी र गण्डकीमा दुर्गा सिंह कार्यरत छन् । उनीहरू मध्य कडायत, खापुङ र केसीको ११ महिना पुगिसकेको छ भने दुर्गा सिंहको ८ महिना पुगिसकेको छ । यसै महिना दुई एआईजीहरु अवकाशमा जाने हुँदा वरिष्ठताक्रमका आधारमा दुर्गा सिंह र कुवेर कडायत एआईजी हुने पक्कापक्की जस्तै छ ।
रवि लामिछानेका विश्वास पात्र डीआईजी कार्कीको दौडधूप
आकर्षक मानिने प्रदेश डीआईजीमा जान सर्वाधिक भ्रष्ट, बदनाम र माफिया गिरीमा रमाउने पिपलपाते डीआईजीहरूको दौडधूप चलेको समाचार छ । यस मध्ये कहिले एमाले, कहिले कांग्रेस त कहिले माओवादी हुँदै सहकारी ठगीमा प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेका खास मान्छे कहलिएका डीआईजी दानबहादुर कार्की ब्रिफकेश बोकेर बालुवाटारदेखि बुढानीलकण्ठसम्म दौडिरहेको बताइएको छ ।
इन्स्पेक्टरको जागिरे जीवनदेखि ट्रयाक रेकर्ड राम्रो नरहेका डीआईजी कार्कीले सहकारी ठगीका आरोपी रवि लामिछानेको गृहमन्त्रीत्वकालमा ३ सिनियर ब्याचलाई उछिन्दै छलाङ मारेर १ नम्बरमा डीआईजी हुन सफल भएका थिए । रविका अमेरिकन व्यावसायिक पाटर्नर मोहनजंग थापासँग विशेष सम्बन्ध रहेको भनिएका डीआईजी कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा रवि लामिछानेको दोहोरो पासपोर्ट छानविन कमजोर पारी मुद्दा चलाउन नपर्ने अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको आरोप लाग्दै आएको छ । हाल केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका उनीमाथि आईजीपी सचिवालयको फाइदा उठाउँदै रवि लामिछाने बचाउने खेलो फड्कोमा लागेको प्रहरी अधिकारीहरू बीच नै चर्चा हुने गरेको छ ।
बुढानीलकण्ठदेखि बालुवाटारसम्मलाई प्रभावमा पारी उनै कार्की अहिले लुम्बिनी प्रदेश प्रहरी कार्यालय वा गण्डकी प्रदेश प्रहरी कार्यालय जाने ध्याउन्नमा लागेको चर्चा छ । किनभने ती दुवै ठाउँमा रवि लामिछाने विरुद्ध करोडौं सहकारी ठगीको मुद्दा अनुसन्धानकै क्रममा चरिरहेको छ । पोखराको सूर्यदर्शन तथा बुटवलको सुप्रिम सहकारीबाट करोडौं ठगीको केस दबाउन उनी त्यस प्रदेशमा जान जोडबल लगाइरहेको आशंका प्रहरी वृत्तमै गर्न थालिएको छ । यी दुई ठाउँमा पार नलागे कार्की तस्करीको स्वर्ग मानिने कोशी प्रदेश जान मरिहत्ते गरिरहेको प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा चर्चा छ ।
अरु को कता ?
तर प्रभावशाली र आकर्षक पोष्टिङ मानिने कोशी र लुम्बिनी प्रदेश जान डीआईजी राजन अधिकारी र सिद्धिविक्रम शाह बीच पनि रस्साकस्सी चलेको बताइन्छ । हाल विशेष ब्यूरोमा कार्यरत अधिकारीले कोशी प्रदेशको कमाण्ड गर्ने विशेष रुची देखाएका छन् । लुम्बिनीमा उमाप्रसाद चर्तुवेदी वा सिद्धिविक्रम शाह तथा गण्डकीमा डा. मनोज केसीको चर्चा चलेको छ ।
यता आईजीपी कुँवर भने शाह वा डम्बर विकलाई ल्याउनेमा जोडबल लगाइरहेको बताइन्छ । प्रबन्धमा आइजीपी बसन्त कुँवरको विश्वासिलो मानिस जाने भएकाले कसको पल्लाभारी हुने हो एकिन भइसकेको छैन । यसअघि प्रबन्धमा रहेका डीआईजी केदार ढकालले ट्याकसुट खरिद प्रकरणमा ठूलो घोटाला गरेको समाचार बाहिरिसकेको छ । अहिले पनि नेपाल प्रहरीले राम्रो गुणस्तरको कपडा पाउने संभावना निकै कम रहेको बेला प्रबन्धको कमाण्ड सम्हाल्ने डीआईजीले अपजस लिने पक्कापक्की छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशबाट रविन्द्र केसीको सरुवा गरेर उमाशंकर चतुर्वेदी वा सुशीलसिंह राठौरलाई पदस्थापन गर्ने तयारी भएको स्रोतको दावी छ । यसपटक त्रिभुवन विमानस्थल र ट्राफिकमा दरबन्दी नआएका कारण त्यहाँ एसएसपीले नै काम चलाउने संभावना रहेको छ ।
यता मंसिर २० गते घर जान लागेका केदार ढकाल, २६ गते घर जान लागेका भीम ढकालको स्थानमा पनि बढुवा लागि तयारी थालिएको छ । त्यसमा कुवेर कडायत र दूर्गा सिंह चन्द तथा भरत बोहोरा मध्ये दुईलाई बढुवा गर्न लागिएको छ । यसैगरी पुस १४ गते किरण बज्राचार्य पनि घर जाँदैछिन् । उनको स्थानमा एक डीआईजीलाई एआईजीमा बढुवाको तयारी थालिएको छ । ‘यसपटक आईजीका सबै व्याचीहरुलाई एआईजीको पालो पुर्याउन लागिएको छ’, स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार