उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री

केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार १४:११:६

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कीर्तिपुरमा भाषण गरेर फर्किएपछि उपनिर्वाचनको माहोल नै कांग्रेसका विरुद्ध बन्यो । सामाजिक सञ्जालमा ल्यापटपका विषय छरपस्ट भएर आए । महिनामा चार लाख कमाउन कीर्तिपुर जाऊँ भन्ने भाष्यहरु बने र अफवाहका रुपमा छरिए । स्थानीय तहको उपनिर्वाचनका लागि महामन्त्री थापाको कीर्तिपुर भाषण कति उपयुक्त थियो, यो बहसकै विषय छ । विषय सही भएपनि धेरैले समय सान्दर्भिक नभएको टिप्पणी गरिरहेका छन् ।
कांग्रेसबाट उपनिर्वाचनको सबै जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्माले पाएका थिए । उनको भित्री टिम कसरी बन्यो र कसरी परिचालित भयो । यो कांग्रेस भित्रकाले पनि राम्ररी भेउ पाएनन् । निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा रहेका शर्मा खासै विवादमा पनि आएनन् । भोट बढाउने र घटाउने कुरामा उनको जय विजय सुनिएको छैन । अर्का महामन्त्री थापाको ल्यापटप प्रसंगले भोट घटाउने र बढाउने विषयमा निकै प्रभाव पार्यो । कीर्तिपुरको नतिजा कांग्रेसका पक्षमा भएकाले यसको अन्य क्षेत्रमा परको प्रभावबारे अहिले चर्चा कम भइरहेको छ ।
कांग्रेसले २०७९ मा जितेका धेरै सीट गुमायो । यदि कीर्तिपुर नजितेको भए आज कांग्रेस यति शान्त देखिने थिएन । विपक्षीहरूलाई पनि राम्रै मसला बन्ने थियो महामन्त्री थापाको कीर्तिपुर भाषण । कीर्तिपुरको नतिजाले केही गुमाए पनि कांग्रेस बोल्न सक्ने अवस्थामा छ । खास गरी दुई महामन्त्रीलाई बोल्न सक्ने परिस्थिति बनेको छ । महामन्त्री शर्माले विज्ञप्ति जारी गरेर मंगलबार केही क्षेत्र गुमाए पनि गुणात्मक रुपमा सफल भएको दावी गरेका छन् ।
नेपाली कांग्रेस सत्ता साझेदार दल हो । अघिल्लो पटक जितेका क्षेत्रहरू जोगाउन नसक्नुका पछाडि धेरै कारण छन् । इलामको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि यस्तै भएको थियो । तर, कांग्रेसले समीक्षा गरेन् । कांग्रेसका महामन्त्री जहाँ उपस्थित हुन्छन्, त्यहाँ कांग्रेसले चुनाव हार्छ भन्ने भाष्यलाई महामन्त्रीद्वयले चिर्न सकेनन् । यदि कीर्तिपुरमा पनि कांग्रेस हारेको भए यो भाष्य २०८४ को निर्वाचन झन बढेर जाने थियो । तनहुँको निर्वाचनमा पनि उस्तै भएको हो । तर, फर्किएपछि समीक्षा भएन । पूर्वमा राजाका छोरालाई भोट नहाल्न भनिरहेका बेला पश्चिमका कांग्रेसले यस्तै परिवारवादमा परेर टिकट दिएको थियो । इलामको भाषणले त्यहाँ हान्यो र थोरै मतले कांग्रेस हार्यो ।
यी उपनिर्वाचनहरुको अवस्था हेर्दा पार्टी हाँक्न कम्मर कसेर बसेका महामन्त्रीद्वयले सच्चिन र सच्याउन धेरै कुरा बाँकी छन् । अहिले पनि एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको कांग्रेसले पालिका पदाधिकारीतर्फ धेरै गुमाउनुपर्यो । जबकी उपचुनाव भएका ८ पालिका पदाधिकारी मध्ये ६ ठाउँमा यसअघि कांग्रेसले जितेको क्षेत्र हो । ०७९ मा कांग्रेसले जितेको मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकाको अध्यक्ष कांग्रेसले बचाउन सकेन । ग्रामथानमा कांग्रेसबाट गएकाले नै हराए । झापामा कांग्रेसका विद्रोहीले जिते । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले जिते ।
यसले टिकटमा राम्रा भन्दा हाम्रा छानिएको देखाउँछ । २०७९ सालको निर्वाचनपछि रिक्त ४२ वटा स्थानीय तहमा यही १६ मंसिर गते उपनिर्वाचन सम्पन्न भएको हो । दलगत प्रतिस्पर्धाका आधारमा हेर्दा यो उपचुनाव सबैभन्दा बढी कांग्रेसका निम्ति अर्थपूर्ण भयो । किनकि रिक्त स्थानमध्ये अधिकांश स्थानीय तह यसअघि कांग्रेसले जितेका स्थान थिए । रिक्त भएका स्थानीय तहमध्ये एक नगर प्रमुख, एक नगर उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, १८ वडाध्यक्ष र दुई जिल्ला समन्वय समितिमा कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भएका थिए । तर, दुई गाउँपालिका प्रमुख, एक नगर उपप्रमुख र केही वडामा काँग्रेसले आफ्नो विरासत जोगाउन सकेन ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसले आफ्नो विरासत जोगाउन सकेन । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भए । कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पनि गुमाएको छ । यसअघि काँग्रेस निर्वाचित भएको यो नगरको उपप्रमुखमा माओवादीकै देवका लामिछाने विजयी भइन् ।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद पनि कांग्रेसबाट खोसियो । कांग्रेसका तर्फबाट उपाध्यक्ष निर्वाचित मैना जोशीको निधन पश्चात् सो पद उपनिर्वाचन भएको थियो । जसमा एमालेकी सुलोचना कुमारी भण्डारी विजयी भइन् । काठमाडौं महानगरपालिका–१६ पनि गयो । यसअघि कांग्रेसले जितेको उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भइन् । कांग्रेस नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहको मतदान क्षेत्रमा रास्वपाले बाजी मार्यो ।
यसअघि कांग्रेसले जितको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई सदस्य भने कांग्रेसले बचाएको छ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पनि कांग्रेसले गुमाएको छ । गौरीशंकरको उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । यसअघि भएको उपनिर्वाचनहरूमा पनि कांग्रेसको लागि सुखद रहेको थिएन । गत वैशाखमा इलाम–२ र बझाङ प्रदेश सभा–१ को परिणाम एमालेको पक्षमा रह्यो । दुवै ठाउँमा कांग्रेस नतमस्तक बन्नुपर्यो ।
इलाम–२ को सीट एमालेबाट खोस्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको कांग्रेस विगतमा जितेको बझाङ प्रदेश सभा–१ समेत गुमाउन पुग्यो । त्यस्तै २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि कांग्रेसले तनहुँ–१ मा पनि आफ्नो विरासत जोगाउन सकेको थिए । कांग्रेसको गढ मानिएको तनहुँ– १ मा कांग्रेसका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई वाग्लेसँग १४ हजार ७ सय ९७ मतान्तरले पराजित भए । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार भट्टराईले २० हजार १२२ मत मात्र पाए । कांग्रेस छाडेर रास्वपा गएका स्वर्णिम वाग्ले त्यहाँ विजयी भए । गत चुनावमा गठबन्धन गर्दा घाटा भएको निष्कर्ष निकालेको कांग्रेसलाई एक्लै चुनाव लड्दा केही धक्का पनि लाग्यो ।
मतपरिणाम आइसकेपछि कांग्रेसले उपनिर्वाचनमा पहिलो दल बनाउन मत दिएको भन्दै जनतामा आभार प्रकट गरेको छ । निर्वाचनको संयोजन गर्ने मुख्य भूमिका पाएका महामन्त्री शर्माले पार्टीका प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्धक रूपमा लिएका छन् । शर्माले गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न विपक्षीहरू असफल भएको संकेत गरेका छन् । तर, कांग्रेस भित्रबाटै भएका कमजोरीलाई भविष्यमा केलाउने आँट देखाएका छैनन् । रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएकोमा महामन्त्रीले गर्व गरेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार