विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछ : पर्यटनमन्त्री पाण्डे
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १५:१०:४६
१८ मंसिर ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल हुने धारणा व्यक्त गरेका छन् ।
सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुको सहभागितामा यहाँ आयोजना गरेको चौथो ललाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको आज आयोजित उद्घाटन समारोहमा उनले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताए ।
“हामीले विभिन्न देशका कला चिन्नेछौं, त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछौं, यस्ता कार्यले संसारभरिक भाषा, संस्कृतिका बिषयमा मन्थन हुनेछ, यसले हामीले भाषा, कला, संस्कृतिको समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्छौं”, मन्त्री पाण्डेले भने ।
विद्यालयको कक्षाकोठामा सिकिरहेका उनले विद्यार्थीहरुलाई बिभिन्न देशका कला, संस्कृति, भाषा र सभ्यताको बारेमा वृहत् जानकारी दिने काम महत्त्वपूर्ण भएको जानकारी गराए । “विद्यार्थीहरुलाई ठूलो दायरामा पुगेर सिक्न, बुझ्न, बाहिरी संसारबारे जानकारी लिन यसले सहयोग पुग्नेमा विश्वास छ”, उनले भने ।
मन्त्री पाण्डेले विद्यार्थीसँग भएको क्षमतालाई पहिचान र प्रस्फुटन गराउन शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीले पनि आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरेर त्यसैमा लगनशीलताका साथ लाग्न सक्नुपर्नेमा जोड दिए।
रबिन्द्रनाथ टैगोर, बालकृष्ण सम, विपी कोइरालालगायतले सुरुमै सफलता हासिल गरेको नभइ विभिन्न भोगाइका क्रममा आफूलाई परिस्कृत गर्दै अगाडि बढाएको उनको भनाइ थियो । उहाँले नाट्य क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले आफूलाई परिस्कृत गर्दै अगाडि बढाउनुपर्ने समेत बताए ।
त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले विद्यालयले विभिन्न देशका नाट्यकर्मीहरुलाई बोलाएर कार्यक्रम गरेर नेपालको महत्त्व र गरिमालाई उच्च बनाएको उल्लेख गरे । उनले नेपालको कला संस्कृतिलाई विश्वमा परिचित गराउनका लागि यसकिसिमका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
नेपाल, भारत, बङ्गालादेश, श्रीलङ्का, जर्मनी, स्टोनिया, डेनमार्क र अष्ट्रेलियाका नाट्यकर्मीले चार दिनमा १९ वटा नाटकका २४ वटा कार्यक्रमहरु प्रस्तुत गर्ने ब्राइटफ्युचर उच्चमाध्यामिक विद्यालयका शिक्षक रामरमण हुमागाईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानीमा २६ औं पोखरा सडक महोत्सव हुने
मंसिर २५, २०८१ मंगलबार
भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन
मंसिर २४, २०८१ सोमबार
मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार