सिन्धुकप फुटबल प्रतियोगिता शुरु, ५० ओभरको क्रिकेट १ जेठबाट
इन्द्र रिजाल
बैशाख २२, २०७६ सोमबार ०:१७:२१
काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा चौथो सिन्धुकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफलगायत ए डिभिजनका चार टिमसहित आठ टिमले भाग लिएका अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।
प्रतियोतिताको विजेता टिमले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट पाँच खेलाडीलाई रु १० हजार र म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता यही वैशाख २८ गतेसम्म चल्नेछ ।
प्रधानमन्त्री कप क्रिकेट जेठमा
यसैबीच, राष्ट्रिय खेलकूद परिषद(राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।
तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुने राखेप र नेपालयद्धारा आज संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त प्रतियोगिता ५० ओभरको हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक हातले क्याच गर्ने दर्शकले रु ५० हजार पाउने छन् । पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि नीजि संस्थासँग सहकार्य गरिरहेको बताए । राष्ट्रिय टोलीका सदस्यहरुले पनि प्रधानमन्त्री कप खेल्नुपर्ने उनले बताए ।
प्रतियोगिताको कूल बजेट रु १ करोड ७५ लाख रहेको छ । परिषद्ले रु ८० लाख उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ । प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलनमा नै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा राखेप सदस्य–सचिव विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार
ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार