दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १३:०:२४
१९ मंसिर, काठमाडौं । नेपाल र चीन सरकारबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले तयार पारेको फेमवर्कमा असहमति जनाएको चीनले केही विषयमा संशोधनपछि सहमति जनाएको हो । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिए ।
यसपछि बसेको दुई देशका प्रतिनिधिले मध्यविन्दुबाट सहमति खोज्ने प्रयार गरेका थिए । आज बुधबार यसको फेवर्कमा हस्ताक्षर भएको परराष्ट्रको दावी छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो । बीआरआईमा सहमती नभएको भन्दै नेपालमा प्रधानमन्त्रीको भ्रमणको विरोध सुरु भएको थियो ।
समझदारीपछि अर्को चरणमा छलफल भएको र सो छलफल पछि नेपाल र चीनबीचको संयुक्त १२ बुँदे वक्तव्यमा बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने बताइएको थियो । सरकारले बीआरआई अन्तर्गत सञ्चालन गर्ने परियोजनाहरू चीनले अनुदानमा बनाइदिनुपर्ने र बिआरआई अन्तर्गत ऋण नलिने नेपालको प्रस्तावमा चीन असहमत जनाएको थियो ।
नेपाल र चीनका अधिकारीहरूबीच बीचको बाटो खोज्ने सहमति भएपछि संयुक्त बक्तब्य आएको र आज बीआरआई फेमवर्कमा सहमती भएको परारष्ट्रले जनाएको छ । छलफलपछि दुवै पक्ष ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क र ‘फ्रेमवर्क फर बेल्ट एण्ड रोड कोअपरेसन’ को एमओयूमा हस्ताक्षर गर्न तयार भएका हुन् । दुवै पक्षले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रुपान्तरण गर्न बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, पावर ग्रिड र दूरसञ्चार जस्ता सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
परराष्ट्रका अनुसार चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको र नेपालले प्रस्तुत गरेको फ्रेमवर्कको बीचबाट सहमति निकालिएको हो । अनुदान वा ऋणमा सहमती भयो भन्ने खुलेको छैन् । सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ । हस्तक्षरको पूर्णविवरण नआएका कारण कुन फेमवर्कमा सहमती भएको हो भन्ने एकिन भएको छैन् ।बुधबार बिहान दुबै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
मंसिर १९, २०८१ बुधबार
नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार