बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १४:५७:२
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी भएको दुई देशको संयुक्त बक्तव्यमा सहमती नजुटेको भनिएको चीनको महत्वकांक्षी परियोजना बीआरआईमा हस्ताक्षर भएको विषय आएको छ । मंगलबार दुई देशका प्रधानमन्त्रीको रोहबरमा भएको समझदारीमा बीआरआईको नाम नआएपछि यसबारे दुई पक्षबीच फेरी भएको छलफलबाट सहमती निकालिएको र त्यो अनुसार नेपाल र चीनका प्रतिनिधिले हस्ताक्षर गरेको भनिएको छ ।
दुबै देशका परराष्ट्र सचिवहरूले बीआरआई फ्रेमवर्कमा सम्झौता गरेका छन् । यसअनुसार बीआरआई अनुदानमा नभएर ऋणमा अघि बढाइएको देखिन्छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको अनौपचारिक दुई दिने वार्तापछि हस्ताक्षर भएको बीआरआई सहकार्य फ्रेमवर्कमा अनुदान शब्द राख्ने कि नराख्ने भन्ने विषयमा प्रष्ट छैन् । एड असिस्टेन्स फाइनान्सिङ शब्दमा सहमती भएको देखिन्छ । यसमा विश्वभरिकै ऋणको प्रक्रिया एकनासे नहुने तर्क दिइएको छ । परराष्ट्रका अधिकारीका अनुसार नेपाल र चीनको सम्बन्धको विशिष्टता हेरेर व्याख्या गर्नुपर्छ ।
ऋण कि अनुदान भन्ने शब्द नमिलेका कारण चिनियाँ समकक्षी ली छ्याङसँग प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो भेटवार्ता गर्दासम्म नेपाल–चीन बीआरआई सहकार्य फ्रेमवर्क समझदारीका लागि तयार थिएनन् । भेटवार्तापछि जारी नौबुँदे सहमति र समझदारीपत्रमा बीआरआई फ्रेमवर्कको कुनै संकेत थिएन । भेट लगत्तै बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कार्यक्रम समेत स्थगित गरिएको थियो । हस्ताक्षर गर्दा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालर आर्थिक सल्लाहकार युवराज खतिवडाले परराष्ट्रमन्त्री आरजु राणालाई धरमरमा पारेको बताइएको छ ।
योसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई आधिकारित रुपमा अघि बढाउने निश्चित छ । ऋणमा सहमती भएको भएपनि यो परियोजना अगाडी बढ्छ । अनुदानबाहेक कुनै पनि कुरा गर्न नसिकने भन्दै बसेको सत्ता सहयात्री दल नेपाली कांग्रेस बीआरआईमा ऋण कि अनुदानमा सहमती भएको भन्ने अन्योलमा छ । सुरुआतमा नेपाली पक्षले ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी भन्ने उक्त फ्रेमवर्कको मस्यौदामा राखेको थियो ।
चीन यसमा सहमत नभएपछि ग्रान्ट शब्द हटाएर ‘असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै राखेर मस्यौदा नेपाललाई फर्काएका थियो । अन्त्यमा नेपाली पक्षले ग्रान्ट वा असिन्टेन्ट भन्दा पनि ‘एड असिन्टेन्स फाइनासिङ’ राखेर प्रस्ताव गरेकोर त्यसैमा आएर सहमति भएको हो स्रोतको भनाइ छ । यससँगै कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना पनि बीआरआई सहकार्य फ्रेमवर्कमा राखिएको बताइएको छ ।
बेइजिङमा हस्ताक्षर भएको बीआरआई सहकार्य फ्रेमवर्कमा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन् । बीआरआई सहकार्य फ्रेमवर्कमा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमति हुँदा परेको परराष्ट्र स्रोतले बतायो । नेपालले प्रस्ताव गरेको काठमाडौं–हेटौंडा पोडवे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति भने सहमतिको सूचीमा नपरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार