सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
रासस
मंसिर १९, २०८१ बुधबार १५:१६:१४
१९ मंसिर, भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको छ । खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध विकासमा जोड दिएको हो ।
सामुदायिक विद्यालयको समस्या पहिचान तथा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुलाई विषयमा जानकारी लिन सरोकारवाला पक्षसँग आवश्यक सुझाव सङ्कलन थालेको छ । गाउँपालिकाले हालसम्मको शिक्षाको समसामयिक अवस्थाको विषयमा जानकारी गराउँदै शैक्षिक सुधारका लागि आगामी दिनमा सम्बद्ध पक्षले खेल्नुपर्ने भूमिकाका विषयमा योजनाबद्ध रुपमा काम अघि बढाएको छ ।
गाउँपालिकाले खस्किँदो शैक्षिक क्षेत्रको सुधारका लागि यहाँका ३२ वटा विद्यालयका सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रतिनिधिसँग अन्तरक्रिया तथा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत समूह निर्माण गरेर शैक्षिक सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा रणनीति तयार गरिएको हो ।
हालको नतिजालाई थप सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिकाले गर्नुपर्ने कामको विषयमा सहभागीले आफ्नो लिखित सुझाव दिएका छन् । सहभागीहरूले आवश्यक कार्यविधि तयार गरेर गाउँपालिकाले अनुगमनमा जोड दिनुपर्ने साथै स्थानीय सरकारले पुरस्कार र दण्डको नीतिलाई अवलम्बन गरेर कडाइका साथ अघि बढ्नुपर्ने बताएका छन् । विद्यालयहरूको आवश्यकताका आधारमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागीको भनाइ छ ।
सामुदायिक विद्यालयहरूबाट राज्यको लगानी अनुसारको प्रतिफल आउन नसकेकाले शैक्षिक सुधारका लागि गर्नुपर्ने कामको विषयमा सरोकारवाला पक्षसँग आवश्यक सुझाव सङ्कलन थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाको शिक्षाको क्षेत्रमा रहेका समस्याको पहिचान गरेर त्यसको समाधानमा जुट्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध रुपमा जुटेको उनको भनाइ छ ।
“गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “तथापि पनि सोचे अनुसारको परिणाम आउन सकेको अवस्था छैन, कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नका लागि सबै विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिसँग छलफल गरेर आवश्यक योजना निर्माण गरिरहेका छौँ ।” विगतका दिनहरुबाट विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाका तर्फबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ ।
सामुदायिक विद्यालयको खस्किँदो गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो क्षमतालाई सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । प्रविधि मूलक शिक्षणमा विद्यालयहरूले जोड दिन आवश्यक रहेको उनले बताए ।
पौवादुङमा एक विद्यार्थी बराबर राज्यका तर्फबाट वार्षिक रुपमा रु ४४ हजार नौ सय ९२ लगानी भइरहेकाले यो लगानीको सदुयोगमा सबैले ध्यान दिनुपर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । गत वर्ष गाउँपालिकाको एसइई उत्तीर्ण प्रतिशत छ दशमलव पाँच रहेको शिक्षा शाखाले जनाएको छ । विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनको तथ्याङ्क राम्रो देखिए पनि बाह्य मूल्याङ्कनमा भने कमजोर देखिएको शाखाको भनाइ छ ।
कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल आउने गरी शैक्षिक गतिविधिलाई अघि बढाउन आवश्यक रहेको बताए । नेपालको शिक्षा प्रणालीलाई प्रविधि मैत्री र जीवन उपयोगी बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
गाउँपालिकाको कक्षा १ देखि ५ सम्म आन्तरिक मूल्याङ्कन मापदण्ड कार्यान्वयनको अन्तिम चरणमा रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले जानकारी दिए । अबका दिनमा शैक्षिक सुधारका लागि यसको आधारमा विद्यालयको आन्तरिक मूल्याङ्कन तथा अनुगमन गरिने उनको भनाइ छ । यहाँका सम्पूर्ण विद्यालयमा दुई हजार तीन सय हाराहारी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार