न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १५:२७:३३
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य आनन्दप्रसाद ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बुधबार सुनुवाइ हुन सकेन् । उनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता त्रिलोकबहादुर चन्दले रिट दायर गरेका थिए । उक्त रिट सुनुवाइका लागि पेशीमा चढेको थियो । आज हेर्न नमिल्नेमा राखिएको छ ।
सर्वोच्चका न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइका क्रममा ढुंगानाले न्यायाधीश प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासले गण्डकी प्रदेश सरकारका विषयमा गरेको फैसलालाई उदाहरण बनाएर भनाइ राखेका थिए । न्यायाधीश प्रधान र सुवेदीको इजलासले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीसँग बहुमत नभएको भन्दै परेको रिटमा ६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख अलग गर्दा ३० नै बहुमत हुने फैसला गरेको थियो ।
ढुंगानाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै चन्दले मंसिर ४ मा रिट दायर गरेका थिए । यसअघिका तीन पेसीमा पनि रिट हेर्न नमिल्नेमा परेको थियो । मंसिर ६ र ११ मा न्यायाधीश शारंगा सुवेदी र मंसिर १७ गते नित्यानन्द पाण्डेयको इजलासमा परेको उक्त रिट हेर्न नमिल्नेमा राखिएको थियो । कात्तिक २३ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकमा ढुंगानाले न्यायाधीश सपना मल्ल प्रधानका विषयमा गरेको टिप्पणी अवहेलना भएको रिटमा दावी गरिएको छ ।
यस विषयमा ढुंगानाले न्यायाधीश प्रधानमाथि प्रश्न उठाएका थिए । त्यही प्रश्नका कारण ढुंगानाविरुद्ध अधिवक्ता चन्दले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । ०७३ साउन १३ मा भएको सुनुवाइमा पनि ढुंगानाले न्यायाधीश सिmारिस भएकी प्रधानलाई लोगो लगाएर झन्डामुनि उभिएको व्यक्तिले निष्पक्ष न्याय दिनेमा अविश्वास रहेको बताएका थिए । यो रिट चौथोपटक हेर्न नमिल्नेमा परेको हो । आज न्यायाधीश दोहोरिएर परेपछि हेर्न नमिल्नेमा राखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार