बुधबार २५ अंकले घटेको नेप्सेमा ९ अर्ब १३ करोडका शेयर किनबेच भए
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १५:४८:९
१९ मंसिर, काठमाडौं । बुधबार शेयरबजार २४.९७ अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले घटेर २७५०.८७ को विन्दुमा पुगेको हो । यसदिन कारोबारमा रहेका १३ मध्ये हाइड्रो, माइक्रोफाइनान्स र उत्पादन क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको छ । १०४ कम्पनीको शेयर मूल्य बढ्दा १३२ कम्पनीको शेयर मूल्य घटेको छ । आठ कम्पनीको स्थिर छ ।
नेप्से २४.९७ अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशत घट्यो । विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूह ८.७२ प्रतिशत घट्यो ।
खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । इङ्वा हाइड्रोपावरको ९.७, स्वाभिमान लघुवित्तको ९.४, अपरहेवाखोलाको ८.७, माथिल्लो मैलुङखोला जलविद्युतको ८.३, सूर्योदय लघुवित्तको ७.८ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै बैंकिङ ०.३४, विकास बैंक १.९४, फाइनान्स १.२४, होटल ०.४०, जीवन बीमा १.५०, लगानी ०.०२, निर्जीवन बीमा ०.३३, अन्य ०.७४ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.१२, उत्पादन ०.१४ र हाइड्रोपावर समूह ०.५९ प्रतिशत बढे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
लगातार घटेको नेप्से बुधबार २७ सयमाथि उक्लियो, कारोबार रकम भने ५ अर्ब ५ करोडमा सीमित
मंसिर २६, २०८१ बुधबार
मंगलबार ६ अंकले घटेर २६६९ विन्दुमा रोकिएको बजारमा साढ ४ अर्बको पनि भएन कारोबार
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार