माओवादी कसकौ वैशाखी टेक्दैन,आफ्नै खुट्टामा उभिएर लड्छ : प्रचण्ड
नयाँ जनक्रान्तिको आवश्यक रहेकाे प्रचण्डकाे भनाई
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १६:१३:१८
१९ मंसिर, काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अब कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर लड्ने जिकिर गरेका छन् ।
गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको दाबी गरे । प्रतिक्रियावादीहरुको हर्कतलाई परास्त गर्न जनता समक्ष पुग्नुपर्ने पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाई थियो । यो संगै उनले नयाँ जनक्रान्तिको आवश्यकता रहेको समेत दाबी गरेका छन् ।
“सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गर्ने र ठूलो एउटा नयाँ जनक्रान्तिको आवश्यक छ । त्यो क्रान्तिको सुरुवात हामीले गरेका छौं” प्रचण्डले भने भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय र आर्थिक समृद्धिको उद्देश्यका लागि उक्त आन्दोलन सुरु गरिएको उनले बताए । “एउटा नयाँ क्रान्ति आवश्यक परेको छ । प्रतिक्रियावादीहरूका प्रतिगमनकारी हर्कतलाई परास्त गर्नका लागि जनताको बीचमा गएर एउटा नयाँ आन्दोलन सुरु गर्ने आवश्यकता भएको छ,” प्रचण्डले थपे
“प्रतिगमनतिर जाने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने, खोस्ने जो षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नका लागि एकचोटी अगाडि जानुछ । म त बाटो लागिसके,’ प्रचण्डले भने, ‘मैले अब माओवादी कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ । माओवादीलाई अपमानित गर्ने सबैविरुद्ध हामी लडाईं लड्छौं भनेर भनेको छु । म अगाडि बढिसकेँ, अहिले म यो भन्दा धेरै भन्दिनँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रवि माथि राज्यले प्रतिशोध साँधेर दुःख दिएको आशंका छ: पूर्व प्रधानमन्त्री भट्टराई
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनाराको २० मिटर मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार