सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार १६:४४:३२
१९ मंसिर, सुनसरी । गाडीमा सरकारी नम्बर प्लेट राखेर गाँजा ओसारी रहेको अवस्थामा धरान उपमहानगरपालिका–१३ अमरहाटबाट प्रहरीले एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बा १झ ४६०५ नम्बरको स्कार्पियोबाट ३३० किलो र बा १ झ ५१२७ नम्बरको गाडीबाट ३६० किलो गाँजा बरामद गरेको हो । प्रहरीले बा १ झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विकलाई नियन्त्रणमा लिएको छ ।
ती गाडीमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी खटिएको थियो । प्रहरीले बा १झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३३० किलोग्राम गाँजासहित चालक विकलाई पक्राउ गरेको थियो । गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा १झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा नियन्त्रणमा लिएको थियो ।
ती गाडीका चालक चालक फरार भएका थिए । उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिकभित्र प्याक गरेको अवस्थामा ३६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । नेपालमा गाँजा प्रतिबन्धित लागुऔषधका रूपमा चिनिन्छ । यी सवारीसाधन सरकारी भने होइनन् । सरकारी गाडीको नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारेको पाइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार