मध्य अफ्रिकामा रुसमा विद्रोह गर्ने बाग्नर समूहका संस्थापकको मुर्ति अनावरण
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार १०:५५:४१
२० मंसिर, अफ्रिका । मध्य अफ्रिकामा रुसका वाग्नरका संस्थापक प्रिगोजिनको प्रतिमा अनावरण गरिएको छ।मध्य अफ्रिकी गणतन्त्रमा रुसको भाडाका सिपाही वाग्नर समूहका दिवंगत नेता येभगेनी प्रिगोजिनको सम्मानमा एउटा स्मारक अनावरण गरिएको हो।
गत वर्ष विमान दुर्घटनामा ज्यान गुमाएका प्रिगोजिन र उनका दाहिने हात मानिने दिमित्रु उत्किनको शालिक राजधानी बान्गुईमा स्थापना गरिएको छ ।
सो मूर्तिमा बुलेट प्रुफ कपडामा प्रिगोजिनलाई एके–४७ राइफल बोकेका आफ्ना सहकर्मीको छेउमा वाकीटकी लिएको देखाइएको छ।
वाग्नर समूहका लडाकुहरू २०१८ देखि कारमा कार्यरत छन्, जब उनीहरूलाई राष्ट्रपति फाउस्टिन आर्चेन्जले विद्रोही समूहहरूसँग लड्न मद्दत गर्न आमन्त्रित गरेका थिए। बदलामा, सो समूहका सहायक कम्पनीहरूले सुन र हीरा खानी सञ्चालनका लागि सम्झौताहरू लिएका थिए ।
बाग्नर समुहका सिपाहीहरू अन्य धेरै अफ्रिकी देशहरूमा पनि सञ्चालित छन् तर तिनीहरूको सबैभन्दा महत्त्वपूर्ण उपस्थिति कारमा रहेको छ । सो मूर्ति अनावरण समारोहमा रक्षामन्त्री रामाउ क्लाउड बिरो र उच्च सैन्य अधिकारीहरू उपस्थित थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार