बयानका लागि पर्सा नलगी रवि लामिछानेलाई राती नै चितवनबाट पोखरा पुर्याइयो
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार १०:५६:७
२० मंसिर, पोखरा । चितवनमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गएराति नै पोखरा ल्याइएको छ । काठमाडौंमा बयान सकिए लगत्तै साहारा चितवन सहकारीको रकम हिनामिना सम्बन्धमा बयान लिन रविलाई चितवन लगिएको थियो ।
मंगलबार बिहान चितवन पुर्याइएका उनको बुधबार बयान सकिएको थियो । उनलाई गएराति ११ बजे नै चितवनबाट पोखरा लगिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहोराले जानकारी दिएका छन् । उनका अनुसार, रविलाई बिहान ३ बजे पोखरा पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले उनलाई राति ३ बजेतिर कास्की पुर्याइएको र अहिले हिरासतमा रहेको पुष्टि गरेका छन् । रवि लामिछानेलाई पोखरा पुर्याउँदा बिहान भइसकेको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ । रविलाई पर्सा नलगि पोखरा ल्याइएको हो । यसअघि बुधबार प्रहरीले रास्वपाका नेताहरूलाई बिहीबार ११ बजेको उडानबाट पोखरा लगिने बताएर राती नै ल्याएको हो । बुधबार रविका समर्थकले चितवनमा प्रदर्शन गर्दा प्रहरीसहित केही प्रदर्शनकारीहरू घाइते भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार