बिचौलिया र भ्रष्टाचारी जोगाउन विद्युत् प्राधिकरणमा मन्त्रीले कार्यकक्ष खोले : सापकोटा
मिसन ८४ को तयारीमा माओवादी
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार ११:२०:५१
२० मंसिर, काठमाडौँ: नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बिचौलिया जोगाउन विद्युत् प्राधिकरणमा मन्त्रीले कार्यकक्ष खोलेको आरोप लगाएका छन् । विद्युत् प्राधिकरणमा उर्जामन्त्री दीपक खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाउदै सापकोटाले यस्तो आरोप लगाएका हुन् ।
बिहीबार बसेको माओवादीकाे पदाधिकारी बैठकले मन्त्रीले इतिहासमै नभएको विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने काम गरेको भन्दै विरोध गरेको छ । उपाध्यक्ष अग्नि सापकोटाले यसले प्राधिकरणको काममा अवरोध गरेको समेत बताएका छन् । मन्त्री खड्काले बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरेकोले यसका विरुद्धमा व्यवस्थित खबरदारी सभा गर्ने पनि सापकोटाको भनाई थियो ।
यो संगै बैठकले एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताबाट अनुमोदन भएको निष्कर्ष निकालेको छ । बैठक पछि सापकोटाले प्रारम्भिक समीक्षाका क्रममा उपनिर्वाचनको नतिजाले धेरै उत्साहवद्र्धक र महत्त्वपूर्ण अवसरहरू प्रदान गरेको पनि दाबी गरेका छन् ।
उनले भने , “माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ, पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ” सापकोटाले फेरी थप्दै भने, “एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन्, सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ, यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ”
उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको भन्दै २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए । अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने समेत उनले जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने माओवादीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार