बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार १२:२२:२४
२० मंसिर, काठमाडौं । सिटिजन्स बैंक इनटरनेसनलले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ । द फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२४ का लागि बैंकलाई सो अवार्ड प्रदान गरेको हो।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा यो अवार्ड ग्रहण गरेकाे बैंकले जनाएकाे छ । द फाइनान्सियल टाइम्सले विश्वभरका १२० मुलुकबाट एक - एक वटा बैंकलाई विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरेको हो ।
नेपालको तर्फबाट सिटिजन्स बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्टता, नवीनता र दिगो विकासमा बैंकको महत्त्वपूर्ण योगदान सहितको उत्कृष्ट वित्तीय सेवाको कारण प्राप्त गरेको बैंकको दाबी छ ।
‘बैंक अफ द इयर’ अवार्ड सन १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैँकहरूलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा द बैंकर म्यागजिनले प्रदान गर्दै आएको छ ।
समारोहमा करिव १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरू गरि करिव ३०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट करिव १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार