रुसी राष्ट्रिय ध्वजाबाहक बिमान दुर्घटना, ४० भन्दा धेरैको मृत्यु

इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार १३:२१:५१

काठमाडौं । रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो ।
रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिए । तर स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताएका छन् ।
भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो ।
शेरेमेट्येभो बिमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त बिमान विमानमा प्राविधिक समस्या रहेको भन्दै शेरेमेट्येभो फर्किएको थियो । बिमानस्थलमा जबर्जस्ती उत्रनासाथ बिमानमा आगो लागेको थियो ।
सुपरजेट भनिने रुसी एसएसजे१०० दुई इन्जिनयुक्त जहाज हो । यो बिमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो ।
यस बिमानको उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त बिमानको गत अप्रिलको शुरुमै मर्मत गरिएको जनाएको छ । एरोफ्लोटले पाइलटहरुमा करिब एक हजार ४०० घण्टा बिमान उडाएको अनुभव रहेको बताएको छ ।
सोभियत सङ्घ युगको बिमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले एसएसजे१०० सिरिजका नयाँ बिमान विकास गरेको थियो । यही सिरिजका बिमानहरु रुस बाहेक आर्मेनीया र मेक्सिको समेतका अरु देशमा पनि प्रयोग भइरहेको छ । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार