कञ्चनपुरमा रक्सी नदिएको निहुँमा दम्पतीकाे हत्या,अभियुक्त पक्राउ
अभियुक्त द्धारा आफूले नै हत्या गरेको स्वीकार
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार १६:३७:४५
२० मंसिर कैलालीः कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या रक्सी नदिएको निहुँमा गरिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कात्तिक ९ गते बिहान आफ्नै घरमा दुवैको शव भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि आक्रमण गर्ने व्यक्ति र कारण भने पत्ता लगाउन सकेको थिएन । घटनको करिब डेढ महिनापछि रक्सीका कारण दुवै जनाको हत्या भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्नलाई पक्राउ गरेको र उनले आफूले हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–२ बस्ने ५२ वर्षीय गङ्गाराम रानालाई पक्राउ गरेको छ । प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन् ।
‘८ कात्तिकको राति मदिरा सेवन गरेर बडायकको नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएको निहुँमा आवेशमा आएर हत्या गरेको स्वीकार गरिसकेका छन्’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले भने, ‘मुख्य अभियुक्तलाई पक्राउ गरेर म्याद थप हुँदै छ । थप अनुसन्धान बाकी छ ।’
प्रहरीसमक्ष उनले आफूले रक्सी माग्दा नदिएर उल्टै हातपात गरेपछि आक्रमण गरेको बताएका छन्‘एक क्वाटर दिनुहोस् भनेर बडायकको पसलमा पुगेको थिए । छैन भनेर तथानाम गर्दै ममाथि हातपात गरे’, रानाले बयानमा भनेका छन्, ‘तँलाई देखाउँछु भनेर हान्ने चिज खोज्दै थिए । त्यही बेला नजिकै काठको डन्डा पाएपछि बडायकलाई हिर्काएर बेहोस बनाएँ ।’
बडायकको हत्यापछि घरको बरन्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेको रानाले बताएका छन् । सुरुमा श्रीमानलाई आक्रमण गरेपछि श्रीमती कराएको र त्यहीबेला श्रीमतीलाई पनि हत्या गरेको प्रहरीले जनाएको छ । अहिलेसम्म पनि उनले आफूले आक्रमण गरेको हतियार भने प्रहरीलाई देखाउन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हरायो
मंसिर २०, २०८१ बिहिबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
निजामती विधेयकमा भट्टराईको प्रस्ताव: कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौं
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
नबिल एसएसईले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु
मंसिर २६, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर ऋण दिने
मंसिर २६, २०८१ बुधबार
युक्रेन सङ्कट समाधान ट्रम्पको पहिलो प्राथमिकता
मंसिर २६, २०८१ बुधबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार