एनएमबी बैंकलाई एसिया प्यासिफिक लैङ्गीक समावेशी अवार्ड प्राप्त
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार १८:१७:३
२० मंसिर, काठमाडौं । एनएमबी बैंकलाई २०२४ को यूएन वमन -UN Women) अवार्ड प्राप्त भएको छ । एशिया–प्यासिफिक लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको हो । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने एनएमबी बैंकको पहलहरूको सम्मान स्वरूप अवार्ड प्राप्त भएको बैंकले जनाएको छ ।
UN Women / UN Global Compact द्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबी बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको जनाएको छ ।
ती प्रयासहरूमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित संस्थागत सामाजिक उत्तरदायित्व (CSR) गतिविधिहरू रहेका छन् ।
यस अवार्डले एनएमबी बैंकलाई विश्व बजारमा WEPs अन्तर्गतको UN Women द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।
यस अवार्डले एनएमबी बैंकलाई निरन्तर रुपमा समावेशी र दिगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार