आइटिएफ टेनिस: नेपालका आरभ र सुनिरा सेमिफाइनलमा
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार २२:०:३४
२० मङ्सिर, कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे ३० टेनिस प्रतियोगितामा नेपाली खेलाडीद्वय आरभ सम्राट हाडा र सुनिरा थापा एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि जारी प्रतियोगिताको आज सम्पन्न खेलमा पुरुष एकलतर्फ नेपालको पाँचौँ वरियताका हाडाले भारतका दोस्रो वरियताका खेलाडी आदित्य मोरलाई ३–६, ६–४ र ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे ।
यसैगरी जुनियर विश्व शीर्ष वरियताका जापानका रिकु हिगाशीको सेमिफाइनल यात्रा भने समाप्त भएको छ । अष्ट्रेलियाका प्रतीक नवीनसँग ६–३, ६–३ को सोझो सेटमा उनी पराजित भए ।
पुरुष एकलतर्फ चीनका हैनुओ गुओले भारतका शौर्य सामालालाई ७–५ र ६–२ ले पराजित गरे । भारतकै आश्रव्य मेहराले भारतकै ओजस मेहलावतलाई ४–६, ६–२, ६–० ले पराजित गरेका छन् ।
महिला एकलतर्फ नेपालका सुनिराले भारतकी खोराकÞीवालालाई ६–१, २–६, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन् । भारतकै महिका खन्नाले भारतकै रित अरोरालाई टाइब्रेकरमा ७–६ (५), ६–७ (७), ६–४ ले पराजित गरिन् ।
मङ्गोलियाका मार्ता चोग्सोमजवले भारतकी दिशा बेहेरामाथि ६–४, ६–० को जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए । यसैगरी भारतीय खेलाडी सगुन कुमारीले भारतकै सयेटे वराडकर माथि ६–० र ६–४ को जीत हासिल गरिन् ।
पुरुष डवल्सतर्फ भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतका प्रवीर मुकेश चावडा र रिकु हिगाशी (जापान) लाई ६–४, ६–७ (३), १३–११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
महिला डबल्सतर्फ महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका विष्ट (नेपाल) र अपरा खण्डारे (भारत) लाई ३–६, ६–४, १०–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।
दिशा बेहेरा र अरजान खोराकÞीवाला (भारत) ले मार्ता चोग्सोमजव (मङ्गोलिया) र सयेटे वराडकर (भारत) लाई ७–६ (४), ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मङ्गोलिया, बङ्गलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।
त्यस्तै डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरुको वरियता निर्धारण हुनेछ ।
प्रतियोगितामा पुरुष एकल तथा डबल्स÷महिला एकल तथा डबल्स गरी चार ‘इभेन्ट’मा प्रतियोगिता सञ्चालन हुने र विजेता तथा उपविजेताले प्रमाणपत्रसहित मेडल प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार