म्याग्दीमा आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार ८:५८:४४
२१ मङ्सिर, म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् ।
बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख २८ हजार एक सय २६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छ कोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण–३ दाना र वडा नम्बर ७ हिस्तानको औलामा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणाधीन छन् । मालिका गाउँपालिका–२ रुममा रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ र वडा नम्बर ३ डाडाँगाउँमा रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी, मङ्गला गाउँपालिका–२ रणवाङमा रु एक करोड ३० लाख र धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएर सेवा सञ्चालनमा ल्याइसकिएको छ । छवटा स्थानीय तहका ४५ वडा रहेको सदरमुकाम बेनीमा रहेको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन छ । धवलागिरिको ताकममा पाँच र मङ्गलाको हाडेभिरमा १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माणाधीन छ ।
अन्नपूर्ण गाउँपालिका–१ दोवामा निर्माण भएको पाँच शय्याको अस्पताल भवन जनशक्ति र उपकरण अभावका कारण सञ्चालन भएको छैन । बेनी नगरपालिका–१ रत्नेचौर, रघुगङ्गा–१ बेग, अन्नपूर्ण–१ दोवा, वडा नम्बर ५ शिख, मालिका–१ निस्कोटस्थित स्वास्थ्य चौकीले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज गीता जयन्ती मनाइँदै
मंसिर २६, २०८१ बुधबार
ढोरपाटनमा पहिलो याममा १० नाउर र ५ झारलको सिकार
मंसिर २६, २०८१ बुधबार
काठमाडौं उपत्यकामा बढ्यो चिसो, तापक्रम ४ डिग्रीमा झर्यो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
विद्यार्थी अनुत्तीर्ण हुनु अपराध हो: प्रधानमन्त्री ओली
मंसिर २६, २०८१ बुधबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’
मंसिर २६, २०८१ बुधबार
सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’
मंसिर २६, २०८१ बुधबार